बालिका यौन दुर्व्यवहार घटनामा मानव अधिकार आयोगको चासो « Khabarhub

बालिका यौन दुर्व्यवहार घटनामा मानव अधिकार आयोगको चासो


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाको विषयमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले चासो देखाएको छ ।

आयोगको शाखा कार्यालय जुम्लाका प्रमुख बुद्धनारायण साहनी र मानव अधिकार अधिकृत धनराज शाहीको टोलीले पीडित बालिकाकी आमा र प्रहरीसँग भेटेर ध्यानाकर्षण भएको जनाएको छ ।

साहनीका अनुसार आयोगले यो घटना गम्भीर फौजदारी अपराध हो । बाल अधिकार हनन हुनुका साथै यौन दुर्व्यवहार भएकाले पीडितले न्याय पाउनुपर्ने आफूहरूको धारणा रहेको उनको भनाइ छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित व्यक्ति चन्दननाथ नगरपालिका ७ का ४८ वर्षीय प्रेमजंग (प्रेमराजा) महतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइछ ।

घटनाको विषय उठान गर्ने र समाचार सम्प्रेषण गर्ने पत्रकार र पीडित बालिका तथा उहाँकी आमाको पनि राज्यले उचित सुरक्षाको व्यवस्थापन गर्नुपर्ने सुझाएको आयोगका मानवअधिकार अधिकृत शाहीले बताए  ।

यौन दुर्व्यवहार घटनाका आरोपित महतले एक महिनासम्म पटक पटक करणी गर्दै आएको पीडित बालिकाकी आमाको आरोप छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ७ : ०६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली