जङ्गली जनावरको आक्रमणबाट २ जनाको मृत्यु « Khabarhub

जङ्गली जनावरको आक्रमणबाट २ जनाको मृत्यु


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- भेरीगङ्गा नगरपालिका–५ सुर्खेत गेरवानीका दुईको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको बफर जोन (मध्यवर्ती क्षेत्र) को जङ्गलमा घाँस काट्न गएका गेरवानी निवासी ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि वलीको जङ्गली जनावरको आक्रमणका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

“उनीहरु आज आफ्नो घरदेखि तीन/चार सय मिटर पूर्वतर्फ बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको बफर यरियामा (जङ्गलमा) घाँस काट्न गएका रहेछन्”, सूचना अधिकारी कार्कीले भने, “घाँस काट्न गएका उनीहरु अबेरसम्म नफर्किएपछि आफन्तले ४ः२० बजेको समयमा अस्थायी प्रहरी पोष्ट बबईमा खबर गरे ।”

खबरपश्चात् तत्काल प्रहरी टोली, बर्दिया राष्ट्रिय निकुञ्ज देवदत्त गण चिसापानी सुरक्षा चेक प्वाइन्ट चेपाङ बबईबाट खटिएका नेपाली सेना, निकुञ्जका कर्मचारी र स्थानीय मानिसले खोज तलास गर्दै जाँदा दुवैलाई जङ्गली जनावरले आक्रमण गरी मृत्यु भएको अवस्थामा फेला पारेको उनले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ७ : ४४ बजे

हर्क साम्पाङले भने- निर्वाचनपछि बन्ने सरकारको नेतृत्व मैले गर्छु

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनपछि बन्ने

एनपीएल २ : यी तीन खेलाडीले जिते बाइक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा तीन

एनपीएल–२ : विजेता टोलीका कप्तान रोहितले जिते कार

काठमाडौं – नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को उत्कृष्ट

पुरानै तरिकाको निर्वाचनबाट मात्रै मुलुकले निकास पाउदैन : लेखनाथ दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता लेखनाथ दाहालले पुरानै तरिकाको निर्वाचनबाट

एनपीएल-२ : ड्रोनबाट यस्तो देखियो कीर्तिपुर क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा फाइनलमा सुदूरपश्चिम