सिम्तामा बँदेलको आतङ्क, स्थानीयले गुहारे गाउँपालिका « Khabarhub

सिम्तामा बँदेलको आतङ्क, स्थानीयले गुहारे गाउँपालिका


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सिम्ता गाउँपालिका–४ बजेडीचौरमा जङ्गली जनावर बँदेलले आतङ्क मच्चाएको छ । सयौँको सङ्ख्यामा गाउँ पस्ने बँदेलले खेतीबाली नष्ट गरेपछि स्थानीयले नियन्त्रणका लागि गाउँपालिका गुहारेका छन् ।

बँदेलले हिउँदे र वर्खेबाली सखाप पारेपछि संयुक्त ज्येष्ठ नागरिक मिलन केन्द्रको अगुवाइमा सोमबार गाउँ कार्यपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी छ ।

स्थानीयले गाउँपालिकाले तत्काल बँदेल नियन्त्रणमा ध्यान नदिए मालपोत कर नतिर्ने चेतावनी दिएका छन् । केन्द्रका अध्यक्ष गोरख चन्दले गाउँभरि बँदेलले आतङ्क मच्चाएको बताए ।

‘दिन–रात ठूलो सङ्ख्यामा बँदेल खेतबारीमा पस्ने गर्दछन् । हिउँदे सिजनमा पनि यसैगरी बाली सखाप पारे’, उनले भने, ‘मानिसले धपाउनै नसक्ने सङ्ख्यामा बँदेलको हूल खेतबारी र बस्तीमा पस्ने गर्दछन् । बँदेलबाट धेरै क्षति भोगिसक्यौँ ।’

मिहेनतले लगाएको खेतीबाली बँदेलले क्षति पु¥याएपछि स्थानीय बासिन्दा चिन्तित छन् ।

 

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ८ : २९ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको