जाम्बियाद्वारा चिनियाँ ऋण अस्वीकार « Khabarhub

जाम्बियाद्वारा चिनियाँ ऋण अस्वीकार


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण अफ्रिकी मुलुक जाम्बियाले चीनसँगको ऋण अस्वीकार गरेको छ ।

अमेरिकाबाट प्रकाशित हुने फाइनान्सियल पोस्टको अनलाइन संस्करणले जनाएअनुसार जाम्बियाले चीनसँगको १ अर्ब ६० करोड अमेरिकी डलर बराबरको ऋण अस्वीकार गरेको हो ।

जाम्बियासँग १७ अर्ब अमेरिकी डलर बराबरको वाह्य ऋण रहेको जनाइएको छ । यसमध्ये ६ अर्ब ६० करोड डलर ऋण चीनको सार्वजनिक एवम् निजी कम्पनीहरुमार्फत् लिइएको जनाइएको छ ।

यसअघि जाम्बिया र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफबीच १ अर्ब ४० करोड डलर बराबरको सहयोग प्याकेजबारे सम्झौता भएको थियो ।

विश्वका विकासशील मुलुकहरु चिनियाँ ऋण पासोमा परेर वित्तीय जोखिममा रहेको चर्चामाझ जाम्बियाले चिनियाँ ऋण अस्वीकार गरेको हो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ८ : ४२ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर