डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान « Khabarhub

डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– हेटौँडा उपमहानगरपालिका–४, ५, १० र ११ मा केही दिनअघि फैलिएको डेङ्गु रोग नियन्त्रण गर्न प्रत्येक घरदैलोमा विभिन्न उपायको अवलम्बन गरिने भएको छ ।

आज ६५ डेङ्गु बिरामी फेला परेको उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ । डेङ्गु रोगबाट प्रभावित भई गम्भीर प्रकृतिका बिरामीको काठमाडौँको शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा उपचार गराइरहेको महाशाखाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले जानकारी दिए ।

वडा नम्वर ३, १२, १४, १५ र १७ मा पनि डेङ्गुका बिरामी फेला परेको र ती बिरामीलाई अहिले चिकित्सकले परीक्षण गरी चितवनको भरतपुर अस्पताल र हेटौँडा अस्पतालमा भर्ना गरी उपचार भइरहेको उनले जानकारी दिए ।

उपमहानगरपालिकाको विभिन्न वडामा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर र उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले स्वास्थ्यकर्मी परिचालन गरी रगतको नमूना सङ्कलन गर्ने र प्रत्येक वडाको टोलटोल पुगेर डेङ्गु रोगका बारेमा जानकारी दिने बताए ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ८ : ४७ बजे

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–

रास्वपाको समानुपातिक सूचीप्रति डा. रामजी रामको असहमति, प्राइमरी इलेक्सनमाथि प्रश्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार डा. रामजी