पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा ४ सैनिकको मृत्यु « Khabarhub

पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा ४ सैनिकको मृत्यु


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा भएको आत्मघाती बम आक्रमणमा परी चार सैनिकको ज्यान गएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित उत्तरी वजिरिस्तानको मिर अली क्षेत्रमा सैनिक लस्करलाई लक्षित गरी आक्रमण भएको हो ।

भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार आक्रमणमा अरु केही सैनिक घाइते भएका छन् ।

मारिने सैनिकहरु २२ देखि ३० वर्ष उमेर समूहको रहेको जनाइएको छ । पाकिस्तानी सेनाले घटनाबारे अनुसन्धान अघि बढाइएको जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले आक्रमणको निन्दा गर्दै मुलुकमा आतंकवादलाई निमिट्यान्न पार्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

पाकिस्तानको सुदुर उत्तरी वरिजिस्तानको जातीय क्षेत्रमा सशस्त्र लडाकु एवम् पाकिस्तानी सैनिकबीच नियमितजसो हिंसात्मक घटनाहरु हुँदै आएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ५ : १८ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने