पाकिस्तानको स्वतन्त्रता दिवस समारोहमा उपराष्ट्रपति पुन « Khabarhub

पाकिस्तानको स्वतन्त्रता दिवस समारोहमा उपराष्ट्रपति पुन


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा आज यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

पाकिस्तानी राजदूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यममा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाल र पाकिस्तान बीचको सम्बन्ध सुमधुर रहेको तथा पारस्परिक सहयोग निरन्तर वृद्धि भएको बताए । उनले नेपालको शैक्षिक क्षेत्रमा पाकिस्तानले गरेको सहयोगको सराहना पनि गरे ।

नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले ६ दशकभन्दा पुरानो पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू क्रियाशील रहेको बताए । उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य पाकिस्तान र नेपालले क्षेत्रीय चासोका साझा विषयमा सहकार्य गरिरहेको चर्चा गर्दै दक्षिण एशियाको आर्थिक उन्नयनका निम्ति क्षेत्रीय शान्ति अपरिहार्य भएको बताए ।

वार्ता र संवादका माध्यमबाट सबै समस्याको निकास खोज्न पाकिस्तान तयार रहेको बताउँदै उनले दक्षिण एशियाको समृद्धिका निम्ति क्षेत्रीय शान्ति र स्थायित्व सुनिश्चित हुनुपर्नेमा जोड दिए । सङ्गठनका सभापति हिमालय शम्शेर जबराले ६१ वर्षदेखि सक्रिय सङ्गठनले दुई देशबीचको सम्बन्ध सुमधुर तुल्याउन सक्रियतापूर्वक काम गरिरहेको बताउँदै सरकारीस्तरका साथै जनस्तरमा समेत सुमधुर रहेको नेपाल–पाकिस्तान सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरे ।

समारोहमा कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्च अधिकारी, उद्यमी, व्यवसायी, कामको सिलसिलामा यहाँ रहेका पाकिस्तानी नागरिक, कलाकार, साहित्यकार, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ११ : ०१ बजे

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं