लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर ५.३६ प्रतिशत « Khabarhub

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर ५.३६ प्रतिशत


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– लुम्बिनी प्रदेश सरकारले एकवर्षे उपलब्धि सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलनमार्फत उपलब्धि सार्वजनिक गर्दै आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले २०७८ साउन २८ गते कुलप्रसाद केसीको नेतृत्वमा स्थापना भएको सरकार सफल भएको दाबी गरे।

उनले प्रदेशवासी नागरिकको जीवनलाई समृद्ध बनाउने गरी सरकारले काम अघि बढाएको बताए। उनका अनुसार आर्थिक वर्ष ०७८/०७९ को बजेटमा प्रदेशको आर्थिक वृद्धिदर पाँच दशमलव ३६ प्रतिशत, प्रतिव्यक्ति आय एक हजार एक सय तीन अमेरिकी डलर र राष्ट्रिय कूल गार्हस्थ्यमा १४ दशमलव एक प्रतिशत योगदान रहेको बताए । प्रदेशको बजेट कार्यान्वयनबाट पूँजीगत खर्च ७७ दशमलव ४७ प्रतिशत र चालु खर्च ७० दशमलव २२ प्रतिशत रही प्रदेशको कूल खर्च ७४ दशमलव २० प्रतिशत रहेको छ ।

प्रवक्ता शर्माले सार्वजनिक गरेको ५२ बुँदे कार्य प्रगतिमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम घोषणा भई प्रदेशका एक सय नौ स्थानीय तहमा लागू भई कार्यान्वयनमा आएको उल्लेख गरे । प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत प्रदेश गौरवका चार आयोजनाका रूपमा राप्ती उपत्यकामा राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय र रामपुर, पाल्पादेखि पातिहाल्ना, रोल्पा सडक आयोजना घोषणा गरेको छ ।

प्रदेश राजधानी निर्माणका लागि गुरुयोजना तयार भई कार्यान्वयनमा आएको र ल्याण्ड पुलिङको कार्य अगाडि बढाइएको प्रवक्ता शर्माले बताए । प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको १८ बिघा जग्गाभित्र आठ प्रशासनिक भवन निर्माण कार्य अगाडि बढाएको छ भने लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापनाका लागि ऐन नियम कानूनको तर्जुमा गरी उपकुलपति नियुक्ति गरिएको छ ।

 

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ११ : २२ बजे

नवलपुरमा स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी – पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्करपियोको

पुटिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन

एजेन्सी – युक्रेनले पुटिनको कुनै निवासमाथि ड्रोन आक्रमण गरेको कुनै

निर्वाचनमार्फत संविधानको रक्षा गरौँ : पूर्वमन्त्री भुसाल

पाटन– पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री पम्फा

बुटवल मण्डपमा तस्बिर प्रदर्शनी : इतिहासलाई बुझ्ने अवसर

लुम्बिनी– नेपाल पत्रकार महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको तस्बिर प्रदर्शनी