प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाइ भेट | Khabarhub Khabarhub

प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाइ भेट


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिदाइ भेट गरेका छन्।

खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर राजदूत बेरीले भेट गरेका हुन् । आज बिहान भएको भेटमा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको छ।

सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका उनको सचिवालयले जनाएको छ। बेरीले आफ्नो कार्यकाल पुरा भएपछि नेपालका शीर्ष नेताहरुसँग बिदाइ भेट गरिरहेका छन्।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १० : ४२ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ

गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई

‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा