मिसेस टुरिजममा नेपालको प्रतिनिधित्व मुदिताले गर्ने | Khabarhub Khabarhub

मिसेस टुरिजममा नेपालको प्रतिनिधित्व मुदिताले गर्ने


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस टुरिजम’मा नेपालको प्रतिनिधित्व मुदिता तुलाधरले गर्ने भएकी छन्।

‘मिसेस टुरिजम’ को लागि नेपाली आधिकारी संस्था इ प्लानेटले काठमाडौँमा एक कार्यक्रमकाबीच तुलाधरलाई ‘मिसेन टुरिजम नेपाल २०२२’ को क्राउन पहिर्‍याउँदै प्रतियोगिताका लागि आधिकारिकता प्रदान गरेको हो।

तुलाधरलाई सन् २०१९ की ‘मिसेस युनिभर्स नेपाल’ अनिला श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् । काठमाडौं निवासी दुई सन्तानकी आमा तुलाधारले क्राउनले आफूलाई जिम्मेवारी थपिएको महसुस भएको बताइन्।

उनी सेप्टेम्बर २३ मा नेपालबाट थाइल्याण्ड प्रस्थान गर्नेछिन्। विदेशी आगन्तुक तथा लगानीकर्तालाई नेपालमा आकर्षित गर्ने र राष्ट्रियताको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘मिसेस टुरिजम’को फ्रेन्चाई नेपालमा भित्र्याएको आयोजक ई प्लानेट नेपालका सन्तोष सापकोटाले बताए। ग्रिन आर्टस मिडियाले म्यानेजमेन्ट गरेको प्रतियोगितामा नेपा डान्स एकडेमीको सहयोग रहेको थियो।

क्राउनिङ कार्यक्रममा रोजिन शाक्य (इन्टरनेसनल कोरियोग्राफर), मिसेस रोहिया महरजन (इन्टरनेसन डान्स कोरियाग्राफर), मिसेस परी परिन्दा श्रेष्ठ (मिसेस हेरिटेज नेपाल २०२२), प्रविन लाकौल  (सिईओ–ग्रिन आट्स मिडिया) लगायतको उपस्थिति थियो।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १२ : ०२ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय