एनआरएनए युके अध्यक्ष गाहामगर बर्खास्त  « Khabarhub

एनआरएनए युके अध्यक्ष गाहामगर बर्खास्त 


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– गैरआवासीय नेपाली संघले एनआरएनए यूकेका शाखाका अध्यक्ष प्रेम गाहामगरलाई बर्खास्त गरेको छ । उनलाई संघको विधानविपरीत विवादास्पद, गैरजिम्मेवार र अवान्छित क्रियाकलापमा संलग्न भएको ठहर गर्दै बुधवारदेखि लागू हुने गरी कारबाही गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ । 

संघका महासचिव गौरीराज जोशी र महासचिव डा.केशव पौडेलद्वारा हस्ताक्षरित पत्रमा अध्यक्षको रूपमा मगरले संघको विधानविपरीत विवादास्पद, गैरजिम्मेवार र अवान्छित क्रियाकलापमा संलग्न भएको ठहर गरिएको छ । पत्रमा गैरआवासीय नेपाली संघ संयुक्त अधिराज्यको विधान २००५ (२०१७ को संशोधनसहित) को धारा ४१ अनुसारको पत्र केन्द्रमा आएपछि अध्ययन गर्दा कारवाही गर्नुपर्ने पर्याप्त आधार र कारण देखिएको उल्लेख छ ।   

‘तपाईका क्रियाकलाप पूर्णरुपमा संघको विधान उद्देश्य प्रतिकूल रहेकाले आजैका मितिदेखि लागू हुने गरी गैरआवासीय नेपाली संघ युकेको अध्यक्ष पदबाट पदमुक्त हुनुभएको कुरा जानकारी गराइन्छ’, पत्रमा भनिएको छ । यसअघि नै गैरआवासीय नेपाली संघ युकेको कार्यसमितिका २९ मध्ये २४ जना पदाधिकारीले उनलाई अध्यक्षको रूपमा अविश्वास गरी कारबाही गर्ने निर्णयसहित केन्द्रमा उजुरी दर्ता गरेका थियो । 

गाहामगरलाई गैरआवासीय नेपाली संघ युकेका सम्पूर्ण सम्पत्ति, कागजात, कार्यालयका सामग्री कार्यसमितिलाई दुई हप्ताभित्र हस्तान्तरण गरिदिन तथा गैरआवासीय नेपाली संघका नाममा कुनै गतिविधि नगर्न नगराउन पत्रमार्फत निर्देशन दिइएको छ ।

उनी संघको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई अस्वीकार गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका नेताद्वय पूर्णबहादुर खड्का, गगन थापालगायतलाई जेल हाल्ने धम्की दिएर विवादमा मुछिएका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १२ : ३१ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा