एनआरएनए युके अध्यक्ष गाहामगर बर्खास्त  « Khabarhub

एनआरएनए युके अध्यक्ष गाहामगर बर्खास्त 


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

लण्डन– गैरआवासीय नेपाली संघले एनआरएनए यूकेका शाखाका अध्यक्ष प्रेम गाहामगरलाई बर्खास्त गरेको छ । उनलाई संघको विधानविपरीत विवादास्पद, गैरजिम्मेवार र अवान्छित क्रियाकलापमा संलग्न भएको ठहर गर्दै बुधवारदेखि लागू हुने गरी कारबाही गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ । 

संघका महासचिव गौरीराज जोशी र महासचिव डा.केशव पौडेलद्वारा हस्ताक्षरित पत्रमा अध्यक्षको रूपमा मगरले संघको विधानविपरीत विवादास्पद, गैरजिम्मेवार र अवान्छित क्रियाकलापमा संलग्न भएको ठहर गरिएको छ । पत्रमा गैरआवासीय नेपाली संघ संयुक्त अधिराज्यको विधान २००५ (२०१७ को संशोधनसहित) को धारा ४१ अनुसारको पत्र केन्द्रमा आएपछि अध्ययन गर्दा कारवाही गर्नुपर्ने पर्याप्त आधार र कारण देखिएको उल्लेख छ ।   

‘तपाईका क्रियाकलाप पूर्णरुपमा संघको विधान उद्देश्य प्रतिकूल रहेकाले आजैका मितिदेखि लागू हुने गरी गैरआवासीय नेपाली संघ युकेको अध्यक्ष पदबाट पदमुक्त हुनुभएको कुरा जानकारी गराइन्छ’, पत्रमा भनिएको छ । यसअघि नै गैरआवासीय नेपाली संघ युकेको कार्यसमितिका २९ मध्ये २४ जना पदाधिकारीले उनलाई अध्यक्षको रूपमा अविश्वास गरी कारबाही गर्ने निर्णयसहित केन्द्रमा उजुरी दर्ता गरेका थियो । 

गाहामगरलाई गैरआवासीय नेपाली संघ युकेका सम्पूर्ण सम्पत्ति, कागजात, कार्यालयका सामग्री कार्यसमितिलाई दुई हप्ताभित्र हस्तान्तरण गरिदिन तथा गैरआवासीय नेपाली संघका नाममा कुनै गतिविधि नगर्न नगराउन पत्रमार्फत निर्देशन दिइएको छ ।

उनी संघको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई अस्वीकार गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका नेताद्वय पूर्णबहादुर खड्का, गगन थापालगायतलाई जेल हाल्ने धम्की दिएर विवादमा मुछिएका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १२ : ३१ बजे

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण

निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मधेशमा सरकार गठनको दौड : मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

जनकपुरधाम– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आज दाबी