दिउँसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ: बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. ली चान्सुसहितको टोलीद्धारा भक्तपुर दरबार स्क्वायर अवलोकन

नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसहितको टोलीले आज भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेको छ । चिनियाँ टोलिको स्वागतमा विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो । उनले भक्तपुर दरबार स्क्वायर, पच्पन्न झ्याले दरबार, स्वर्णद्वार, सुन्धाराको अवलोकन गरेका थिए । पच्पन्न झ्याले दरबारको बनावटलाई निकै चासोका साथ अवलोकन गर्दै लिले नेपालका सम्पदाहरूमा भूकम्पले पुर्‍याएको क्षतिबारे पनि जानकारी लिएका छन् ।  

२. निलम्बित प्रधानन्याधीश राणाले आरोप लगाएका सबैलाई बयानका लागि बोलाईने

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा आरोप लगाएका सबै ब्यक्तिहरूलाई बयानका लागि बोलाउने भएको छ । समितिको आज बसेको बैठकमा जबराको नाम लिएका बहालवाला कामु प्रधानन्यायधीश, न्यायाधीशलगायतलाई बोलाउने निर्णय गरेको समितिका प्रवक्ता लक्ष्मी प्रसाद गौतमले जानकारी दिए । न्यायाधीश, पूर्वन्यायाधीश, बारका पदाधिकारीसँग भोलि छुट्टाछुट्टै समय दिएर छलफल गर्ने उनले बताए । 

३.अध्यक्ष प्रचण्ड र  र्‍याण्डी बेरीबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत  र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । आफ्नो कार्यकाल पूरा गरी फिर्ता हुन लागेका राजदूत बेरीले अध्यक्ष प्रचण्डसँग बिदाई भेट गरेका हुन् । खुमलटारस्थित प्रचण्ड निवासमा आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको जनाइएको छ ।

४. दशैँ, तिहारका लागि आजदेखि  नयाँ नोट साट्न सुरु

नेपाल राष्ट्र बैंकले दशैँ, तिहारका लागि आजदेखि  नयाँ नोट साट्न सुरु गरेको छ  ।नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजैदेखि नयाँ दिन थाले पनि उपत्यका बाहिर भने असोज २ देखि नयाँ नोट साट्न सकिने  नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । गतवर्ष जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाएका छन् ।  ५, १०, २०, ५० एकसयका दरले  रुपैयाँसम्मका नोट एक/एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा  साटन सकिने  छ ।

५. मर्मतपछि वाइडबडी जापान उड्यो

कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएपछि उडान भरेको आधा घण्टामै काठमाडौं फर्किएको नेपाल एयरलाइन्सको वाइडबडी विमान मर्मतपछि पुनः जापानको नारिता उडेको छ । मर्मतपछि आज बिहान १० बजेर २२ मिनेटमा उक्त वाइडबडी विमान पुनः नारिताका लागि उडेको नेपाल एयरलाइन्सले जनाएको छ । गए राति ११ बजे काठमाडौंबाट नारिताको लागि उडेको ‘आरए ४३३’ नम्बरको उक्त वाइडबडी विमान उडान भरेको आधा घण्टामै पुनः काठमाडौं फर्किएको थियो ।

६. रुमखोला लघुजलविद्युत् परियोजना सञ्चालन

म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन भएको छ । मालिका गाउँपालिका–१ मा रहेको परियोजनाको नहर भासिएपछि गत साउन १७ गतेदेखि विद्युत् उत्पादन बन्द भएको थियो । परियोजनाका प्रबन्धक भीमविक्रम मल्लले मालिका गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदानमा नहर भासिएको ठाउँमा पाइप राखेर मर्मत गरि सञ्चालनमा ल्याइएको बताए ।

७. घट्यो सुनको मूल्य

आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको कारोबार मूल्य तोक्दै भाउ घटेको जानकारी दिएको हो। मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ छ। हिजो छापावाल सुनको मूल्य ९३ हजार ५०० र तेजाबी सुनको ९३ हजार रुपैयाँ थियो। महासंघकाअनुसार आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ छ। हिजो चाँदीको मूल्य ११ सय ८५ रुपैयाँ कायम थियो ।

८. चीनका राष्ट्रपति र रुसका समकक्षी पुटिनबीच भेटवार्ता हुँदै

चीनका राष्ट्रपति सी जिन पिङ र रुसका समकक्षी भ्लादिमिर पुटिनबीच भेटवार्ता हुँदैछ । सांघाई सहयोग संगठन एससीओको शिखर सम्मेलनका क्रममा  उज्वेकिस्तानको   दक्षिणपूर्वी शहर समरकन्द, दुई शीर्ष नेताबीच भेटवार्ता हुन लागेको हो । भेटवार्तामा क्रममा रुस युक्रेन युद्ध पश्चिम देशको प्रभाव, अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयहरूमा छलफल हुने जनाइएको छ । क्रेमलिनका विदेश नीतिका प्रवक्ता युरी उशाकोभले दुई शीर्ष नेताबीचको भेटवार्ता निकै महत्वपूर्ण भएको बताएका छन् ।

९. पाकिस्तानमा बाढीमा परी २४ घन्टामा  ५४ जनाको मृत्यु

पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी पछिल्लो  २४ घन्टामा  ५४ जनाको मृत्यु भएको छ । साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । बितेका दुई महिनामा यहाँका एक हजार चार सय ८१ को बाढीबाट  मृत्यु बताइएको छ । त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले यहाँका हजारौँ व्यक्ति बाढी र पहिरोमा परेर घाइते भएका जनाएको छ । गए रातिसम्म बाढीमा परेर ५४ जनाको  मृत्यु भएको  र  अन्य  ६ जना घाइते भएका सो संस्थाले जनाएको छ ।

१०. टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाद्वारा जर्सी सार्वजनिक  

साविक विजेता अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि जर्सी सार्वजनिक गरेको छ ।अष्ट्रेलियाले  आज विश्वकपका लागि जर्सी सार्वजनिक गरेको हो  टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ । अष्ट्रेलियाले अघिल्लो संस्करणमा न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १ : ०७ बजे

प्रधानमन्त्री ओलीद्वारा ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा श्रद्धाञ्जली व्यक्त

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको

राष्ट्रिय एकता प्रवर्द्धनमा खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय

काठमाडौं – अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयलाई

सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा

वीरगञ्ज – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण

स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट, केके भए कुराकानी ?

काठमाडौं । इन्डोनेसियाको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल