एक घण्टा भक्तपुर घुमेर फर्किए चिनियाँ नेता ली « Khabarhub

एक घण्टा भक्तपुर घुमेर फर्किए चिनियाँ नेता ली


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाल भ्रमणमा आएका चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सुले बुधबार भक्तपुर भ्रमण गरेका छन् । बिहान सवा ९ बजेतिर भक्तपुर पुगेका उनी एक घण्टा घुमेर काठमाडौँ गएका छन् । उनी भक्तपुर नगरको खौमाबाट उनको जम्बो टोलीसहित प्रवेश गरेका थिए ।

उनी त्यहाँबाट दरबार क्षेत्र हुँदै टौमढी पाँंचतल्ले मन्दिर पुगेका थिए । उनी त्यहाँबाट गाडी चढेर भक्तपुरको पुरानो बस्ती हुँदै च्याम्हासिंह निस्केर त्यहाँबाट काठमाडौँ लागेका थिए ।

अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खौमास्थित भक्तपुर दरबार क्षेत्र प्रवेशद्वारमा स्वागत गरेका थिए।  चान्सु सम्मिलित करिब ७० जनाको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा अवस्थित रामेश्वर मन्दिर, द्वारिकानाथ मन्दिर, वसन्तपुर दरबार, केदारनाथ मन्दिर, राष्ट्रिय कला सङ्ग्रहालय भवन, लुँ ध्वाका (गोल्डेन गेट), पच्पन्न झ्याल दरबार, वत्सला मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, लापां देग, तब सत्तल, सिलु महादेव मन्दिर, चतुब्रम्ह महाविहारबाट पैदल यात्रा गर्दै टौमढीको पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको निकै रुचिपूर्वक अवलोकन गरे ।

प्रतिनिधिमण्डल टोलीको स्वागतमा केदारनाथसँगैको डबलीमा भैल प्याखं प्रदर्शन गरिएको थियो । अध्यक्ष चान्सुले भक्तपुरको सम्पदाहरू अवलोकनबाट आफू प्रभावित भएको बताउँदै भक्तपुरमा स्वागत गरेकोमा भक्तपुर नगरपालिका र सम्पूर्ण जनप्रतिनिधिहरूलाई धन्यवाद दिए ।

उनले चीनमा पनि सयौँ वर्ष पुराना संस्कृतिहरू जीवन्त रहेको बताए । लीले भक्तपुरको प्रख्यात भैल प्याखंलाई अत्यन्त चासो दिएर अवलोकन गरेका थिए ।

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले ली चान्सुलाई भक्तपुरमा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता अवसरहरू प्राप्त हुने आशा व्यक्त गरे । चान्सुलाई नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल, बागमती प्रदेश सभा सदस्यद्वय सुरेन्द्रराज गोसाइँ र सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्मा तथा भक्तपुर नगरपालिका कार्यपालिका सदस्यहरुले भक्तपुरमा स्वागत गरेका थिए ।

भ्रमणपश्चात् टौमढीको डबलीमा अध्यक्ष ली चान्सुले सांसद सुवाल र नगर प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गरेका थिए भने सांसद सुवाल र प्रमुख प्रजापतिले अध्यक्ष चान्सुलाई ‘मयुरको झ्याल’ र पार्टी तथा नगरपालिकाका प्रकाशनहरू मायाको चिनोको रूपमा प्रदान गरे ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १ : ३५ बजे

‘अर्को हप्ता अमेरिकामा वार्ता, जुनसम्ममा रुस-युक्रेन युद्ध अन्त्य गर्न दबाब’

किएभ- युक्रेन र रुसबीच करिब चार वर्षदेखि लामो युद्ध जुन

निर्वाचन २५ दिन बाँकी : कसलाई भोट गर्ने भनेर गोपनीयता भंग नगर्न आग्रह

काठमाडौं – सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ २५ गते आइतबार फागुन

आज २०८२ साल माघ २५ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २५ गते आइतबार फागुन