थाइल्याण्डको सैनिक विद्यालयमा गोली चल्दा दुई सैनिकको मृत्यु « Khabarhub

थाइल्याण्डको सैनिक विद्यालयमा गोली चल्दा दुई सैनिकको मृत्यु


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- थाइल्याण्डको सैनिक विद्यालयमा भएको गोलीकाण्डमा दुई सैनिकको मृत्यु भएको छ । राजधानी बैंककमा अवस्थित ‘रोयल थाई आर्मी वार कलेज’ मा बुधबार भएको गोलीकाण्डमा परी अर्का एक जना घाइते भएको शाही थाई सेनाका उपप्रवक्ता सिरिचन नगाथोङले जानकारी दिएका छन् ।

स्थानीय समयअनुसार बिहान ८ बजेर ५५ मिनेटमा उक्त सैनिक विद्यालयमा गोली चलेको हो । ५९ वर्षीय सार्जेन्ट योङ्गुत मार्कोर्नकिमले गोली चलाएको शाही थाई सेनाले जनाएको छ । उनी मानसिक रुपमा अस्वास्थ रहेको हुनसक्ने बताइएको छ ।

घटनापछि उनलाई नियन्त्रणमा लिइएको र गोली चलाउनुको कारण अझै स्पष्ट नभएको जनाइएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

घटनाबारे अनुसन्धान गर्न विशेष टोली गठन गरिने शाही थाई सेनाले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ४ : १० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते