साँझ ५ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

साँझ ५ बजेसम्मका मुख्य १० समाचार


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । साँझ ५ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. पञ्चवर्षीय योजना कार्यान्वयन गर्न पूर्वाधार विकासलाई प्राथमिकता 

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले १५औं पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्न पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताएका छन् ।  काठमाडौंमा लगानी बोर्डले  आज आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरमको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले १५ औँ योजनामा दिगो र हरित पूर्वाधार निर्माणमा खर्च गर्ने योजना बनाएको र अर्थतन्त्रको संरचनात्मक सुधारका लागि स्वदेशी, विदेशी र सरकारका तर्फबाट थप लगानी गर्न आवश्यक भएको बताए । उनले कोभिड महामारीका कारण दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब अमेरिकी डलर आवश्यक रहेको भन्दै २०२६ सम्म विकासशील राष्ट्रमा स्तरोन्नति गरी आर्थिक विकासमा सुधार गर्ने योजना रहेको पनि बताए । वर्तमान सरकारले लगानीको वाताबरण तयार समेत गरिसकेकाले नेपालमा लगानी गरी फाइदा लिन उनले आग्रह गरे । त्यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सातै प्रदेशमा ७ नमुना परियोजनामा लगानी ल्याउने गरि लगानी बोर्डले काम गरिरहेको जानकारी दिए ।

 २. ‘बिना पूर्वाग्रह सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुङ्ग्याउनुपर्छ’ 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई राजनीतिक पूर्वाग्रह भन्दा टाढा रहेर टुङ्गो लगाउनुपर्ने बताएका छन् । सिंहदरबारमा  आज बसेको मानवअधिकार समितिको बैठकमा सत्यनिरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकमाथिको छलफलका क्रममा प्रचण्डले विस्तृत शान्ति सम्झौता कानूनी भन्दा पनि राजनीतिक सम्झौता भएको भन्दै राजनीतिक सहमतिका आधारमा विना पूर्वाग्रह सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुङ्गो लगाउनुपर्ने बताए । सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा सबैको चिन्ता र चासोको विषय भएको र यसमा कोही पक्ष र विपक्ष हुन जरुरी नभएको उनले बताए । प्रचण्डले समस्या बल्झाउनेका साथ विधेयकमा कुनै शब्द राख्न खोजे दुर्भाग्यपूर्ण हुने जिकिर गरे ।

 ३. बीमा विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो 

राष्ट्रियसभाको बैठकले ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले सो  विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । ती विधेयकलाई विधायन समितिमा पठाउनेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।  बैठकमा विधायन व्यवस्थापन समितिका सभापति डा बेदुराम भुसालले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गरेका थिए ।

४. जबराको अभिव्यक्तिप्रति पूर्वन्यायाधीश फोरमकाे ध्यानाकर्षण

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अभिव्यक्तिप्रति पूर्वन्यायाधीश फोरमकाे ध्यानाकर्षण भएको जनाएको  छ । फोरमका अध्यक्ष टोपबहादुर सिंहले  आज एक विज्ञप्ति जारी गर्दै महाभियोग सिफारिस समितिमा आफूहरूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती  दिनुभएको हो  ।पूर्वन्यायाधीश फोरमसँग आबद्ध पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न विज्ञप्तिमार्फत  जबरालाई चुनौती  समेत दिएका छन् ।

५. नेपाल एयरलाइन्सको वाइडबडी विमानस्थलमै रोकियो

नेपाल एयरलाइन्सको वाइडबडी नेपाल एयरलाइन्सको वाइडबडी जहाजको एउटा पांग्रा फेर्न नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ । पाङ्ग्रा जुटाउन नसक्दा  त्रिभुवन विमानस्थलबाट  आज दिउँसो दिल्ली जाने तयारीमा रहेका २१५ जना र दिल्लीबाट काठमाडौं आउन पर्खिरहेका २७० जना यात्रु विमानस्थलमै अलपत्र परेका छन् । नियमित रुपमा परिवर्तन गर्नुपर्ने पछाडिको टायर निगम व्यवस्थापनले फेर्न नसक्दा उडान नै रोकिने अवस्था आएको निगमका एक अधिकारीले जानकारी दिए । यसले  निगमको छविमै प्रश्न चिन्ह उठेको छ । यद्यपि  जहाजको टायर फेरेर आजै ५ बजेसम्म जहाज उडाउने तयारी भइरहेको बुझिएको छ । 

६. महानगरद्वारा सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचना हटाउन सुरु 

काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि डोजर चलाएको छ । अनधिकृत संरचना हटाउन पटक/पटक  ताकेता गरेपनि अटेर गरेको भन्दै डोजर चलाउन बाध्य भएको महानगर नगरले जनाएको छ । अतिक्रमण गरी सञ्चालित फुटपाथ र नक्सा विपरीतको बेसमेन्ट हटाउन डोजर चलाइएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । सोह्रखुट्टे चोकमा डोजर चल्न थालेपछि केही घरधनी र महानगर प्रहरी बीच विवाद  समेत भएको छ । महानगरले अनधिकृत संरचना, नक्सा विपरीत प्रयोग भएका बेसमेन्ट, मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरू हटाउँदै आएको छ । 

७ . शेयरबजार परिसुचक नेप्से उकालो लाग्यो 

शेयरबजार परिसुचक नेप्से आज पनि उकालो लागेको छ । नेप्से आज ४७ दशमलव ४४ अंकले उकालो लागेर एक हजार नौ सय ८१ दशमलव ४८ विन्दुमा पुगेको हो । सबै समूहको शेयर बढेकोमा फाइनान्स, विकास बैंक, माइक्रो फाइनान्स र उत्पादन समूहको शेयर उच्च अंकले उकालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि  वृद्धि भएको छ । दुई सय २७ वटा कम्पनीका ४६ लाख १८ हजार ५ सय १६ कित्ता शेयर एक अर्ब ४५ करोड ३८ लाख २४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको करोड ५१ लाख रुपैयाँको शेयर  कारोबार भएको छ । आज ग्रिन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशत तथा लिबर्टी इनर्जी कम्पनीको शेयर झण्डै साढे आठ प्रतिशतले बढेको छ । एनआईसी एसिया क्याप फन्डको शेयर १० प्रतिशतले घटेको छ ।

८. पञ्जशिर प्रान्तमा ४० जना विद्रोही लडाकु मारिएको तालिवानकाे पुष्टि 

तालिवान सरकारले अफगानिस्तानको पञ्जशिर प्रान्तमा चार कमाण्डरसहित ४० विद्रोही लडाकु जना मारिएको पुष्टि गरेको छ ।अफगानिस्तानको उत्तरी प्रान्त पञ्जशिरमा तालिवानी सेनासगँकोे झडपका क्रममा ४० जना विद्रोही लडाकु मारिएको  तालिवान सरकारका जबिहुल्लाह मुजाहिदले टिवट् गर्दै बताएका छन् । प्रान्तको रेखा, दारा र अफसर (क्षेत्र) मा विद्रोही विरुद्ध अपरेशनका क्रममा एक सय जना विद्रोही लडाकु घाइते भएको समाचार संस्था अलजजिराले जनाएको छ ।

९. प्रधानमन्त्री प्रयुतको कार्यकाल सेप्टेम्बर ३० सम्म मात्रै रहने 

थाइल्याण्डका प्रधानमन्त्री प्रयुतचानको कार्यकाल सेप्टेम्बर ३० सम्म मात्रै रहने फैसला भएको छ । थाइल्याण्डको संवैधानिक अदालतले आज प्रधानमन्त्री प्रयुतको कार्यकाल सेप्टेम्बर ३० मा सकिने फैसला  गरेको हो । सोही अदालतले उनलाई यसअघि निलम्बन गर्ने फैसला गरेको थियो । निलम्बन गर्ने फैसला गर्दा नौ न्यायाधीशमध्ये पाँच न्यायाधीश निलम्बनको पक्षमा थिए ।उनको कार्यकालका बारेमा विपक्षी दलहरूले मुद्दा दिएपछि प्रधानमन्त्रीको कार्यकालका बारेमा विवाद रहेको थियो ।

 १०. नवौं राष्ट्रिय खेलकुद : कर्णालीद्धारा गण्डकी ८ रनले पराजित ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई  पराजित गरेको  छ। कीर्तिपुरस्थित त्रिवि  क्रिकेट मैदानमा १३ ओभरमा घटाइएको खेलमा कर्णालीले गण्डकीलाई ८ रनले हराएको हो । कर्णालीले दिएको ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले १३ ओभरमा ९ विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । यस जितसँगै कर्णालीले ५ खेलमा ६ अंक जोडेको छ । समूह ’ए’ को कर्णाली तेस्रो स्थानमा रहेको छ ।गण्डकीले ४ अंक जोडेर प्रतियोगिताको अन्त्य गरेको छ । 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ५ : २३ बजे

प्रधानमन्त्री ओलीद्वारा ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा श्रद्धाञ्जली व्यक्त

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको

राष्ट्रिय एकता प्रवर्द्धनमा खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय

काठमाडौं – अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयलाई

सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा

वीरगञ्ज – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण

स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट, केके भए कुराकानी ?

काठमाडौं । इन्डोनेसियाको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल