नवौँ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आर्मी समूह विजेता « Khabarhub

नवौँ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आर्मी समूह विजेता


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पुलिस क्लबलाई १३ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लब समूह ‘ए’ विजेताको रूपमा नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित १९ ओभरमा आठ विकेट गुमाएर एक सय ६४ रनमात्र जोड्न सक्यो । खेल १९ ओभरमा घटाइएको थियो ।

पुलिसका आरिफ शेखले सर्वाधिक ४० रन बनाए । यस्तै, सुनिल धमलाले २७, दिलीप नाथले २३, दिपेन्द्रसिंह ऐरीले २१ र योगेन्द्रसिंह कार्कीले १४ रन बनाए ।

आर्मीका साहब आलमले दुई विकेट लिँदा जितेन्द्र मुखिया, सोमपाल कामी, सुसन भारीले समान एक विकेट लिए ।  यसअघि टस जितेर ब्याटिङमा आएको आर्मीले निर्धारित १९ ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रनको योगफल तयार गरेको थियो ।

आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ६६ रन बनाएका थिए । विनोदले २९ बलमा दुई चौका र सात छक्का प्रहार गरे । यस्तै, ओपनर अर्जुन साउदले पनि ५३ रनको अर्धशतकीय इनिङ खेले । यसबाहेक, टिमको खातामा भीम सार्कीले १५ रन थप्दा रोहित पौडेल र राजेश पुलामीले समान १४ रन जोडे ।

पुलिसका करण केसीले दुई विकेट लिए । यस्तै, गुल्सन झा र ललित राजवंशीले एक/एक विकेट लिए । आर्मीसँगको हारका बाबजुद पुलिस समूह उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ६ : ०५ बजे

नेपालगन्ज भन्सार : लक्ष्यको ५२ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ महिनामा

पानीको समान पहुँच सुनिश्चित गर्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी– महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ पर्व

कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर