परराष्ट्रमन्त्री डा. खड्का एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने  « Khabarhub

परराष्ट्रमन्त्री डा. खड्का एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने 


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने भएका छन् ।

एलिजाबेथको अन्त्येष्टि असोज ३ गते बेलायतमा विशेष समारोहबीच हुँदैछ । अन्त्येष्टिमा सहभागी हुन नेपालको तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा सानो टोली जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

अन्त्येष्टि समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी हुनेछन् ।

एलिजाबेथको मृत्यु ९६ वर्षको उमेरमा यही भदौ २३ गते भएको थियो ।

एलिजाबेथको अन्त्येष्टिमा विभिन्न देशका राष्ट्रध्यक्ष, सरकार प्रमुख र परराष्ट्रमन्त्री सहभागी हुनेछन् ।

बेलायत नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो राष्ट्र हो । नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ६ : ५६ बजे

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट