अहिलेसम्मकै सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने | Khabarhub Khabarhub

 अहिलेसम्मकै सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

गोरखा– अहिलेसम्मकै सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने भएको छ । बोर्लाङ खेलकुद विकास समितिको आयोजनामा आगामी असोज १२ देखि १६ गतेसम्म ‘बोर्लाङ भीमसेन थापा कप २०७९’ पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगिताको विजेताले एक लाख ३० हजार राशिको पुरस्कार प्राप्त गर्नेछ । 

प्रतियोगितामा गण्डकी प्रदेशभित्रका ११ जिल्लाका १२ टिमको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष निराजन श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा दोस्रो हुने टिमले ७० हजार, ३५ हजार र १५ हजारसहित मेडल र प्रमाण प्रदान गरिने उनले बताए । 

त्यस्तै प्रतियोगिताअन्तर्गत महिलातर्फको खुला भलिबल प्रतियोगितासमेत हुने अध्यक्ष श्रेष्ठले बताए । महिला खुला भलिबल प्रतियोगितामा पनि १२ टिमको सहभागिता रहने समितिले जनाएको छ । महिला खुला भलिबलतर्फ प्रथम हुनेले ७० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले २० हजार तथा चौथो स्थान प्राप्त गर्नेले १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

यस्तै सोही अवसरमा ३५ वर्षमाथिका भेटेरान्स पुरुष भलिबल प्रतियोगिता पनि हुने समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न २१ लाख ३२ हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : ५२ बजे

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर