अहिलेसम्मकै सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने « Khabarhub

 अहिलेसम्मकै सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

गोरखा– अहिलेसम्मकै सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने भएको छ । बोर्लाङ खेलकुद विकास समितिको आयोजनामा आगामी असोज १२ देखि १६ गतेसम्म ‘बोर्लाङ भीमसेन थापा कप २०७९’ पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगिताको विजेताले एक लाख ३० हजार राशिको पुरस्कार प्राप्त गर्नेछ । 

प्रतियोगितामा गण्डकी प्रदेशभित्रका ११ जिल्लाका १२ टिमको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष निराजन श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा दोस्रो हुने टिमले ७० हजार, ३५ हजार र १५ हजारसहित मेडल र प्रमाण प्रदान गरिने उनले बताए । 

त्यस्तै प्रतियोगिताअन्तर्गत महिलातर्फको खुला भलिबल प्रतियोगितासमेत हुने अध्यक्ष श्रेष्ठले बताए । महिला खुला भलिबल प्रतियोगितामा पनि १२ टिमको सहभागिता रहने समितिले जनाएको छ । महिला खुला भलिबलतर्फ प्रथम हुनेले ७० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले २० हजार तथा चौथो स्थान प्राप्त गर्नेले १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

यस्तै सोही अवसरमा ३५ वर्षमाथिका भेटेरान्स पुरुष भलिबल प्रतियोगिता पनि हुने समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न २१ लाख ३२ हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : ५२ बजे

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले

हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा– डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि