चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र : भोजपुरका पसलमा अस्वस्थ मासु फेला « Khabarhub

चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र : भोजपुरका पसलमा अस्वस्थ मासु फेला


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय भोजपुरले गरेको अनुगमनका क्रममा मासु पसलमा अस्वस्थ मासु बिक्री गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुगमन अधिकृत रामप्रसाद दाहालको नेतृत्वमा बुधबार गरिएको मासु पसलहरुको अनुगमनका क्रममा हप्ता दिन अगाडिदेखिको मासु समेत फ्रिजमा हालेर राखिएको अवस्थामा फेला परेको थियो । “नागरिकको स्वास्थ्यको समेत ख्याल नगरी पसलले अस्वस्थरूपमा मासु बिक्री गरेको पाइएको छ, ती सामग्रीसमेत बरामद गरिएको छ”, अनुगमन अधिकृत दाहालले भने ।

बजारको समीक्षा मासु पसल र तामाङ मासु पसललगायतका पसलमा अनुगमन भएको हो । मासु राख्न प्रयोग गरिएको फ्रिजसमेत फोहर भेटिएकाले सो समेत बरामद भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण लघुले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनमा घरेलु विकास कार्यालय, उद्योग वाणिज्य सङ्घ, पत्रकार, प्रहरीलगायतका सरोकारवाला निकायका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

धेरै दिन अगाडिदेखि फ्रिजमा राखेर मासु बिक्री गरेका व्यवसायीलाई पत्र काटी जिल्ला प्रशासनमा उपस्थित हुन निर्देशन गरिएको अनुगमन अधिकृत दाहालले जानकारी दिए । चाडपर्व नजिकिएसँगै स्थानीय प्रशासनले बजार अनुगमन तीव्र बनाएको हो ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ८ : ३७ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष