तिहार नजिकिएसँगै भक्तपुरमा खाद्य पसल अनुगमन « Khabarhub

तिहार नजिकिएसँगै भक्तपुरमा खाद्य पसल अनुगमन


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सल्लाघारीमा खाद्यान्न पसलहरू अनुगमन गरिएको छ।

अनुगमनका क्रममा बिहीबार म्याद नाघेको खुद्रा मूल्य २८ हजार रुपैयाँ बराबरको सामान नष्ट गरिएको संयोजक गोराले बताए।

त्यस्तै २०६६ सालदेखि भक्तपुर नगरपालिकामा बिना दर्ता पसल सञ्चालन गरेको ‘फेमिली मिनी स्टोर’ लाई पसल दर्ता गर्न निर्देशन दिइएको छ। साथै प्याकेजिङ सामानमा खाद्य संस्थानको अनुज्ञा पत्र लिएर मात्र विक्री वितरण गर्न र तराजु नापतौल विभागमा नवीकरण गर्न भनिएको छ ।

अनुगमनमा परेका पसलहरूलाई एक हप्ताभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले सुनाए।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ७ : ४९ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण