तिहार नजिकिएसँगै भक्तपुरमा खाद्य पसल अनुगमन « Khabarhub

तिहार नजिकिएसँगै भक्तपुरमा खाद्य पसल अनुगमन


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सल्लाघारीमा खाद्यान्न पसलहरू अनुगमन गरिएको छ।

अनुगमनका क्रममा बिहीबार म्याद नाघेको खुद्रा मूल्य २८ हजार रुपैयाँ बराबरको सामान नष्ट गरिएको संयोजक गोराले बताए।

त्यस्तै २०६६ सालदेखि भक्तपुर नगरपालिकामा बिना दर्ता पसल सञ्चालन गरेको ‘फेमिली मिनी स्टोर’ लाई पसल दर्ता गर्न निर्देशन दिइएको छ। साथै प्याकेजिङ सामानमा खाद्य संस्थानको अनुज्ञा पत्र लिएर मात्र विक्री वितरण गर्न र तराजु नापतौल विभागमा नवीकरण गर्न भनिएको छ ।

अनुगमनमा परेका पसलहरूलाई एक हप्ताभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले सुनाए।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ७ : ४९ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत