खोटाङमा शल्यक्रियामार्फत प्रसूति सेवा पुनः सञ्चालनमा « Khabarhub

खोटाङमा शल्यक्रियामार्फत प्रसूति सेवा पुनः सञ्चालनमा


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

खोटाङ – जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा एक महिनापश्चात पुनः सञ्चालनमा आइएको छ । एनेस्थेसिया (शल्यक्रिय गर्दा बिरामीलाई बेहोस बनाउने) कर्मचारी बिरामी भएपछि गत भदौ २६ गते बन्द भएको शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अस्पतालले अर्को कर्मचारी व्यवस्थापन गरेर असोज २७ गतेबाट पुनः सञ्चालनमा ल्याएको हो ।

कर्मचारी अभावमा शल्यक्रिया सेवा बन्द भएको सार्वजनिक सूचना अस्पतालले प्रकाशन गरे पनि आकस्मिकरूपमा आएका बिरामीको भने उपचार गर्दै आएको जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले बताए । अवरुद्ध शल्यक्रिया सेवा महिना दिनपछि पुनः नियमितरूपमा सञ्चालनमा आएपछि सेवाग्राही लाभान्वित भएका छन् ।

“जिल्ला अस्पतालमा एनेस्थेसियाका एक जनामात्र कर्मचारी रहेको र उनको दुर्घटनामा खुट्टा भाँचिएर बिदामा बसेकाले शल्यक्रिया सेवा बन्द गरिएको थियो”, राईले भने । दश स्थानीय तह रहेको जिल्लामा २०७६ असारदेखि जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गरेर प्रसूति गराउने सेवा सञ्चालनमा थियो ।

जिल्ला अस्पतालमा प्रसूति गराउने गर्भवती तथा जटिल किसिमका अन्य बिरामीलाई उपलब्ध गराइँदै आइएको शल्यक्रिया सेवा बन्द भएपछि सेवाग्राही मारमा थिए । जिल्लाका अन्य अस्पतालमा गर्भवती तथा जटिल किसिमका बिरामीका लागि शल्यक्रिया सेवा नभएपछि सेवाग्राही मारमा परेका हुन् । शल्यक्रिया सेवा बन्द भएसँगै राजधानी काठमाडौँ तथा तराईका सुविधासम्पन्न अस्पताल लैजान थालिएको थियो । शल्यक्रिया गर्न काठमाडौँलगायत सुविधासम्पन्न ठाउँमा लैजाँदा रु दुई लाख ५० हजारसम्म खर्चेर हेलिकोप्टर चार्टर गर्ने गरिएको छ ।

अर्थावस्था मजबुत भएका वा ऋणपान गर्न सक्ने बिरामी हेलिकोप्टर चार्टर गरेर अस्पताल पुग्छन् तर अर्थावस्था कमजोर भएका परिवार उपचारबाट बञ्चित हुनुपर्ने अवस्था छ । हेलिकोप्टर चार्टर गर्न नसक्ने अवस्थाका बिरामी अस्पताल पुग्न नपाउँदै ज्यान गुमाउन बाध्य भएका थिए । विसं २०४९ वैशाख १ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई सङ्घीय सरकारको करिब रु २१ करोड लगानीमा ५० शय्यामा स्तरोन्नति गर्ने काम तीव्रगतिमा भइरहेको छ । अस्पतालमा प्रदेश सरकार, १ नं प्रदेश स्वास्थ्य मन्त्रालय विराटनगरको रु एक करोड ५० लाखमा अक्सिजन प्लान्टसमेत सञ्चालनमा छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ८ : ३२ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार