आठ हजार घरपरिवारलाई १२ करोड राहत वितरण « Khabarhub

आठ हजार घरपरिवारलाई १२ करोड राहत वितरण


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बर्दिया – जिल्लामा कर्णाली र बवई नदीको बाढीले सात सय घरपरिवार पिडीत भएका छन्।

अधिकांशको घर बाढीले बगाएको छ भने करोडौंको धानबाली बाढीले बगाएर पूर्णरूपमा नष्ट भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्दु बाँस्तोलाले बताए। गेरुवा र राजापुरमा कर्णाली नदीको बाढी पस्दा सात सय घरपरिवारमा विस्थापित भएका छन्। कोही स्कुल त कोही आफन्तकहाँ बसेका छन्।

बाढीबाट आठ हजार घरपरिवारलाई प्रतिघरपरिवार रु १५ हजारका दरले कुल रु १२ करोड नेपाल सरकार र विश्व खाद्य कार्यक्रमबाट राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिका कर्णालीको बाढी प्रभावितलाई राहत वितरण गरिएको प्रजिअ वाँस्तोलाले बताए।

त्यसैगरी बाढीबाट घरहरू बगाए पनि मानवीय क्षति हुनबाट भने आफूहरूले जोगाएको बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। करिब ३५ घर पूर्णरूपमा बगाएको छ भने तिनका परिवारलाई तत्काल रु १५ हजारका दर रकम वितरण गरिएको उनले बताए।

सदरमुकाम गुलरिया आउने बारबर्दियाका स्थानीयवासी बाँसगढी नगरपालिका बढैयाताल गाउँपालिका र मधुवन नगरपाललिका घुमेर आउनुपरेका कारण निकै सकस भएको बारबर्दिया–११ निवासी विक्रम चौधरीले बताए।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ११ : १४ बजे

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले

बर्नह्यामको पहिलो अन्तर्राष्ट्रिय भ्रमण युक्रेनमा

एजेन्सी- बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले युक्रेनको ३५औँ स्वतन्त्रता दिवसका अवसरमा

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट सर्वोच्चमा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत