सत्ता गठबन्धनका उम्मेदवार गाउँगाउँमा « Khabarhub

सत्ता गठबन्धनका उम्मेदवार गाउँगाउँमा


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पक्षमा जित दिलाउन तेह्रथुममा सत्ता गठबन्धन दलका उम्मेदवार एजेन्डासहित गाउँगाउँ पुग्न थालेका छन् । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै दलहरू चुनावी अभियानमा जुट्न थालेका छन् । 

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत सामाजवादीका जिल्ला नेतृत्वसहित गठबन्धन दलले चुनावी अभियानलाई तीव्रता दिएका हुन् । प्रतिनिधिसभामा कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ उम्मेदवार बनेकी छन् । निर्वाचन क्षेत्र (क) मा कांग्रेसका सन्तोष सुब्बा र (ख) मा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईँ उम्मेदवार छन् । 

कांग्रेस केन्द्रीय सदस्य गुरुङले तेह्रथुमलाई विकास र समृद्ध बनाउन आफूले उम्मेदवारी दिएको बताइन् । ‘मैले छ थरदेखी आठराईसम्म भूगोल र त्यहाँको समस्या २०४८ सालदेखि देखेकी छु । त्यही समस्यालाई समाधानका निम्ति काम गर्दै आएकी पनि छु । मैले गरेका अधुरा र अपूरा कामलाई पूरा गर्दै समग्र तेह्रथुमको विकासका लागि मेरो उम्मेदवारी हो । जनताले दिएको मतलाई सम्मान गर्दै तेह्रथुमको विकासका निम्ति अहोरात्र खट्नेछु,’ उनले भनिन् ।

दुई नगरपालिका र चारवटा गाउँपालिका रहेको तेह्रथुममा गत निर्वाचनमा प्रतिनिधसिभा तथा प्रदेशसभामा एमालेले जितेको थियो । माओवादी केन्द्रका उम्मेदवार दुर्गाप्रसाद चापागाँईले राजनीतिक क्रान्तिलाई सम्झने मात्र हैन, आउने पुस्तालाई नयाँ मार्गदर्शन दिन आफ्नो उम्मेदवारी रहेको बताए । ‘पहाडी जिल्ला तेह्रथुम हरेक क्षेत्रले पछि परेको छ । अरु जिल्लाको तुलनमा सानो जिल्ला भएकाले थोरै मेहेनतले पनि जिल्लाको विकास गर्न सकिने भएकाले मैले उम्मेदवारी दिएको हुँ,’ उनले भने ।

म्याङलुङ नगरपालिका, लालिगुराँस नगरपालिका र छथर गाउँपालिकामा कार्यकर्ता तथा समर्थकको भेटघाट गरिसकेको गठबन्धन दलले पहिलो चरणमा जिल्लाको सबै पालिकास्तरीय भेटघाटलाई अघि सारेर चुनावी तयारीमा जुटेको जनाएको छ । राजनीतिमा धेरै विकृति र संगति रहेकाले त्यसको अन्त्य र तेह्रथुमका विकासको निम्ति चुनावी मैदानमा आएको प्रदेश निर्वाचन क्षेत्र (ख) अन्तर्गत नेपाली कांग्रेसका उम्मेद्वार सन्तोष सुब्बा बताए । तेह्रथुममा प्रतिनिधिसभा निर्वाचनका लागि १० र प्रदेशसभा निर्वाचनका लागि १६ जना चुनावी मैदानमा छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ३५ हजार एक सय ३९ महिला र ३६ हजार ७ सय ९४ पुरुष मतदाता छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १ : ०७ बजे

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ