कालीकोट बाढीपहिरो : १७ जना अझै बेपत्ता, थप दुई जनाको शव भेटियो « Khabarhub

कालीकोट बाढीपहिरो : १७ जना अझै बेपत्ता, थप दुई जनाको शव भेटियो


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटमा बाढीपहिरोमा परेर १७ जना अझै बेपत्ता रहेका छन् । कालीकोटमा पहिरोमा परेर २३ जना बेपत्तामध्ये छ जनाको शव भेटिएको छ । पहिरोमा पुरिएका थप दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका– ७ वालीका धु्रवराज विष्ट र उनकी छोरीको शव प्रहरीले बिहीबार पहिरोबाट निकालेको जनाएको छ । 

विष्टको परिवारका पाँच जना पहिरामा पुरिएर बेपत्ता भएको तीमध्ये बिहीबार प्रहरीले ध्रुवराज विष्ट र उनकी छोरी ज्यानी विष्टको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले बताए । ‘विष्ट परिवारका चार जनाको शव भेटिएको छ’, उनले भने, ‘पहिरोमा परेर बेपत्ता भएका २३ जनामध्ये अहिलेसम्म छ जनाको मात्र शव भेटिएको छ ।’

तिलागुफा नगरपालिका–४ राँचुली गाउँका मलामी गएका १३ जना अझै हराइरहेको सूचना अधिकारी बमले जानकारी दिए । 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  २ : ०८ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र