पर्यटकीय गन्तव्य बन्दै हर्सिङडाँडा « Khabarhub

पर्यटकीय गन्तव्य बन्दै हर्सिङडाँडा


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ–राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईबस्तु चराएको लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नं ३ हर्सिङडाँडा पर्यटकीय गन्तव्यका रुपमा विकसित हुन थालेको छ । हर्सिङडाँडामा आन्तरिक पर्यटक घुमफिर र बास बस्नसमेत आउन थालेपछि यो क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकसित हुन थालेको हो । 

ऐतिहासिक एवं पर्यटकीय स्थलमा गत वर्ष दैनिक एक सयदेखि दुई सय जना पर्यटक आउने गरेको र यस वर्ष पनि वर्षा सकिनासाथ दैनिक ४० जनाको हाराहारीमा पर्यटक आउन थालेको स्थानीय पर्यटन व्यवसायी पूर्णबहादुर गुरुङले बताए । 

अब विस्तारै मौसम खुल्दै जान थालेपछि र बाटासमेत राम्रो भएकाले पर्यटकको आवागमन बढ्ने स्थानीय सुरज गुरुङले बताए । कोरोना सङ्क्रमणको दोस्रो लहरको जोखिम कम भएसँगै यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्न थालेको हो । यस डाँडाबाट मस्र्याङ्दी गाउँपालिकाको पर्यटकीय गाउँ सिउरुङ, भुस्मे, ढंगै, घनपोखरालगायत अधिकांश ठाउँ अवलोकन गर्न सकिन्छ । त्यस्तै, दक्षिण एशियाकै नमूना घलेगाउँ डाँडा, कल्मेडाँडा, बेँसीसहर बजार, मस्र्याङ्दी नदीको नागबेली, डा हर्क पिक हिमाल, मनासलु रेन्स, बुद्ध हिमाललगायतका अवलोकन गर्न सकिन्छ ।

अब विस्तारै मौसम खुल्दै जान थालेपछि र बाटासमेत राम्रो भएकाले पर्यटकको आवागमन बढ्ने स्थानीय सुरज गुरुङले बताउनुहुन्छ । कोरोना सङ्क्रमणको दोस्रो लहरको जोखिम कम भएसँगै यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्न थालेको हो । यस डाँडाबाट मर्स्याङ्दी गाउँपालिकाको पर्यटकीय गाउँ सिउरुङ, भुस्मे, ढंगै, घनपोखरालगायत अधिकांश ठाउँ अवलोकन गर्न सकिन्छ । त्यस्तै, दक्षिण एशियाकै नमूना घलेगाउँ डाँडा, कल्मेडाँडा, बेँसीसहर बजार, मर्स्याङ्दी नदीको नागबेली, डा हर्क पिक हिमाल, मनासलु रेन्स, बुद्ध हिमाललगायतका अवलोकन गर्न सकिन्छ । 

विसं १८०२ मा खुदीको ढंगैबेँसीमा जन्मिएका भक्ति थापाको बाल्यकाल बितेको हर्सिङडाँडामा बस्तुभाउ चराउने, छेलो हान्ने गरेका स्थानीयको भनाइ छ । ऐतिहासिक तथा पर्यटकीयस्थल हर्सिङडाँडाको संरक्षण गर्दै पर्यटकीय गन्तव्य बनाउने अभियानमा यहाँका स्थानीयदेखि सरोकारवाला एकजुट हुनुपर्ने मर्स्याङ्दी गाउँपालिका– ३ का निर्वतमान वडाध्यक्ष प्रेमबहादुर बस्नेतले बताए ।  

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  २ : २२ बजे

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका

तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ

शीत भण्डार बनेपछि रत्नपुरका आलु उत्पादक किसान उत्साहित

स्याङ्जा– स्याङ्जाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत

एकै दिन ४१ विपदका घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकैदिन देशका

लागूऔषधसहित पाँच जना पक्राउ

चितवन– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित पाँच जनालाई पक्राउ