मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यावधि लम्बियो « Khabarhub

मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यावधि लम्बियो


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यावधि आगामी २०८० असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले उक्त आयोग ऐन २०७१ को दफा ४२ बमोजिम दुवै आयोगको कार्यावधि थप गर्न बाधा अड्काउ फुकाउने आदेश जारी निर्णय भएको जानकारी दिए । 

मन्त्रिपरिषद्ले महंगा विलासी गाडी, मदिरा, १५० सीसीभन्दा माथिका मोटरसाइकल र मोबाइल आयातमा लाग्दै आएको प्रतिबन्ध मंसिर मसान्तसम्म कायमै राख्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै बैठकले विदेशी लगानीकर्ताका लागि लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँ निर्धारण गरेको छ भने सरकार र डा गोविन्द केसीबीच भएको सहमति पत्रलाई कार्यान्वयन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए । विद्यालय क्षेत्र आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने २०० मिलियन अमेरिकी डलर ऋण सहायता सम्बन्धी दस्तावेजलाई अन्तिम रुपमा दिन वार्ता टोली गठन गरि वार्ता गर्न अख्तियारी दिने निर्णय पनि बैठकले गरेको उनले बताए । 

मन्त्रिपरिषद्ले बिभिन्न देशका ३७ जना विदेशी नागरिकहरूले बुझाउनुपर्ने भिसा दस्तुर, विलम्ब शुल्क र जरिवानावापतको रकम मिनाहा गरी तीन महिनाभित्र नेपाल छाड्न अनुमति दिने निर्णय गरेको छ भने औषधी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृत प्रदान गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ३ : २८ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५