मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यावधि लम्बियो | Khabarhub Khabarhub

मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यावधि लम्बियो


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यावधि आगामी २०८० असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले उक्त आयोग ऐन २०७१ को दफा ४२ बमोजिम दुवै आयोगको कार्यावधि थप गर्न बाधा अड्काउ फुकाउने आदेश जारी निर्णय भएको जानकारी दिए । 

मन्त्रिपरिषद्ले महंगा विलासी गाडी, मदिरा, १५० सीसीभन्दा माथिका मोटरसाइकल र मोबाइल आयातमा लाग्दै आएको प्रतिबन्ध मंसिर मसान्तसम्म कायमै राख्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै बैठकले विदेशी लगानीकर्ताका लागि लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँ निर्धारण गरेको छ भने सरकार र डा गोविन्द केसीबीच भएको सहमति पत्रलाई कार्यान्वयन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए । विद्यालय क्षेत्र आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने २०० मिलियन अमेरिकी डलर ऋण सहायता सम्बन्धी दस्तावेजलाई अन्तिम रुपमा दिन वार्ता टोली गठन गरि वार्ता गर्न अख्तियारी दिने निर्णय पनि बैठकले गरेको उनले बताए । 

मन्त्रिपरिषद्ले बिभिन्न देशका ३७ जना विदेशी नागरिकहरूले बुझाउनुपर्ने भिसा दस्तुर, विलम्ब शुल्क र जरिवानावापतको रकम मिनाहा गरी तीन महिनाभित्र नेपाल छाड्न अनुमति दिने निर्णय गरेको छ भने औषधी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृत प्रदान गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ३ : २८ बजे

वेस्ट ह्यामसँग टोटनह्याम २-१ ले पराजित

काठमाडौँ– ईङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडले टोटनह्यामलाई स्तब्ध

शाहरूखको डंकी, अमेरिकामा पहिलो दिन ३० टिकट मात्रै बुकिङ

अमेरिका– शाहरुख खानको फिल्म डंकी २१ डिसेम्बरमा रिलिज हुँदैछ ।

मुग्लिन-पोखरा सडक विस्तारः पूर्वी खण्ड कालोपत्र

दमौली– पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ

काठमाडौं– सरकारले विमानस्थलबाट हुने सुन तस्करी निस्तेज पारेको दाबी गरिरहँदा

रुसमा मृत्यु भएका नेपालीको शव फिर्ता ल्याउन कठिन

काठमाडौं– रुस–युक्रेन युद्धमा रुसका तर्फबाट लड्ने क्रममा ज्यान गुमाएका ६