'ठूला पार्टीका नेताले देशलाई कंगाल बनाए'  | Khabarhub Khabarhub

‘ठूला पार्टीका नेताले देशलाई कंगाल बनाए’ 


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीपराज उदयले ठूला पार्टीका नेताले देशलाई कंगाल बनाउन लागेको आरोप लगाएका छन् ।

अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा पार्टीको चुनाव प्रसार सम्पर्क कार्यालयको शुक्रबार उद्घाटन गर्दै उनले बाईसे चौबिसे राज्यलाई एक बनाई सिंगो देश निर्माणमा अमूल्य योगदान पुर्‍याएका राजालाई शासन सत्ताबाट हटाएर देशलाई गरिबीतर्फ लगेको आरोपसमेत लगाए ।

नेता उदयले ठूला दलहरूले देशका लागि केही गर्न नसकेकाले नेपाली जनताले दलको विकल्प खोज्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई रोज्ने दाबी गरे । 

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार होमनारायण बेल्बासेले तीन/तीनपटक अर्घाखाँचीबाट ठूला दलका नेता संसद्मा पुगेर पनि जिल्लाको विकासमा सिन्को भाँच्न नसकेकाले अब राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प नरहेको बताए । 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ५ : ३८ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय