निर्वाचन इ-बुलेटिन र कल सेन्टर सञ्चालनमा | Khabarhub Khabarhub

निर्वाचन इ-बुलेटिन र कल सेन्टर सञ्चालनमा


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आजदेखि निर्वाचन इ-बुलेटिन र कल सेन्टर सञ्चालन गरेको छ । आयोगले स्थापना गरेको प्रेस अफिसको संयोजनमा सञ्चालित भएको सो इ-बुलेटिन र बेग्लै संयन्त्रबाट कल सेन्टर सञ्चालनमा आएको हो ।

आयोगमा आज आयोजित कार्यक्रमबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ती दुवै सेवाको शुभारम्भ गरे । उनले सञ्चारमाध्यम र सम्बद्ध पक्षलाई आयोगका निर्णय, गतिविधि र निर्वाचनका सूचना अनलाइनका रुपमा प्रवाह गर्न उक्त सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

पैसा नलाग्ने (टोल फ्रि) ११०२ नम्बरमा जुनसुकै दूरसञ्चार सेवा प्रदायकका फोनबाट सम्पर्क गर्न सकिने गरी उक्त सेवा सञ्चालनमा आएको हो । हाल दैनिक बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म छ जना कर्मचारीबाट सञ्चालित हुने सो सेवाबाट लाभ लिन प्रमुख आयुक्त थपलियाले आग्रह गरे ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ६ : २८ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको