पर्यटकीय तथा धार्मिक आक्रर्षणको केन्द्र कुशेमुसे « Khabarhub

पर्यटकीय तथा धार्मिक आक्रर्षणको केन्द्र कुशेमुसे


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– देशका एक सय उत्कृष्ट पर्यटकीय गन्तव्यमा जाजरकोटको कुशे पनि समेटिएको छ । पर्यटकीय गन्तव्यमा समेटिएसँगै पूर्वाधारका काम सुरु हुन थालेका छन् । कुशेपाटनबाट पश्चिम नेपालका अधिकांश हिमचुचुराको अवलोकनका साथै रारा र शोक्सुण्डोसम्मको रुट कार्यक्रम हुने भएपछि यहाँका स्थानीयबासी खुसी भएका छन् । कुशेपाटन तथा हिमालमा जानका लागि चार ठाउँबाट पदमार्ग निर्माणको काम सुरु गर्न थालिएको छ ।

उत्तर पूर्वको कुशे र बारेकोटबाट, पश्चिमको जुनिचाँदे, टिकाचौरबाट पदमार्ग निर्माणका लागि पहल सुरु भएको छ । त्यस्तै पाटन तथा हिमालको माथिल्लो भागमा यात्रा गर्नका लागि अर्को पदमार्ग निर्माणको गुरु योजना रहेको छ । 

हाइअल्टिच्युटमा विभिन्न गतिविधि गर्नका लागि त्यहाँ पद मार्ग निर्माण गर्न लागिएको छ । जैविक विविधताको अवलोकनदेखि दृश्य अवलोकन, विभिन्न खेल खेल्नका लागि हाइअल्टिच्युटमै सडक निर्माणको कामलाई पनि बढी प्राथमिकता दिएर काम हुने पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।

विभिन्न विषयमा अध्ययन गर्ने अध्ययताका लागि वातावरण अनुकूलको व्यवस्थापन गर्न होटेल व्यवस्थापनदेखि विभिन्न अनुकूलताका कामसमेत एकै साथ सुरु हुने उनले बताए । कुशे चाखुरेबाट फोक्सुण्डो जाने पदमार्गका साथै चौधरीबाट रारा जोड्ने अर्को पदमार्गको लागि आवश्यक बजेटका साथै कार्ययोजना निर्माण भएको छ । कुशेमुसे पाटनमा तथा हिमालमा ३४ वटा चर्चित पाटन तथा तालतलैया रहेको कुशे गाउँपालिका वेबसाइटमा समेत जानकारी रहेको छ । 

यही पाटनको बीचबाट जुम्ला जोड्नका लागि सुरुङ मार्गको सम्भाव्यता अध्ययन कार्य जारी छ । शे फोक्सुण्डोदेखि रारासँग जोडिएको यो उच्च भाग पश्चिम नेपालको सबै ठाउँमा देख्न सकिने उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने कुरामा सरोकारवाला निकाय सहमत भएका छन् । यही हिमालबाट पग्लिएको हिउँबाट नलगाड नदी बग्ने गर्दछ ।

नलगाड नदीको सफा कञ्चन पानीबाट निर्माण हुन लागेको जलाशय युक्त नलगाड जलविद्युत् आयोजनाको ड्यामसमेत यहाँको उत्कृष्ट पर्यटन प्रवर्द्धनका लागि उपयुक्त स्थल बन्ने भएको छ । त्यस्तै भेरी नदीमा जलयात्रासमेत चर्चित रहँदै आएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ६ : ३७ बजे

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना