‘जाने भए जाउ माया’ म्युजिक भिडियो सार्वजनिक « Khabarhub

‘जाने भए जाउ माया’ म्युजिक भिडियो सार्वजनिक


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक प्रकाश सपुत र रेश्मा घिमिरे अभिनित ‘जाने भए जाउ माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भावनात्मक यस गीतमा स्वर गायक सरन गुरुङको रहेको छ । गीतमा शब्द, सङ्गीत विकास ल्वागुनको रहेको छ । गीतलाई कोविद बज्रले सङ्गीत संयोजन गरेका हुन् ।  

सहना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘जाने भए जाउ माया’ म्युजिक भिडियो गायक गुरुङको रिलिजको तयारीमा रहेको एल्बम ‘सहना’ मा सङ्ग्रहित गीत हो ।  एल्बम नोभेम्बर १३ मा विमोचन हुने गायक गुरुङले बताए । एल्बम रिदम स्क्रीन क्रिएसन र वि द बेस्टको सहयोगमा तयार पारिएको हो । म्युजिक भिडियोमा प्रकाश सपुत र रेश्मा घिमिरेले श्रीमान् र श्रीमतीको भूमिकामा अभिनय गरेका छन् ।

म्युजिक भिडियोमा ‘जाने भए जाउ माया फर्की नआऊ माया’, ‘भन्थ्यौ तिमी म संसार थिएँ, सुख र दुःखमा ज्यानै दिन्थेँ’, ‘हात छोड्यौँ साथ छोड्यौँ, सँगसँगै हिँडेको बाटै मोड्यौँ’, ‘माया छोडी गएपछि दिल तोडी गएपछि’ लगायत बोलका गीत समावेश गरिएको छ ।

बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक गुरुङको च्यानल ‘सरन गुरुङ’ मार्फत् सार्वजनिक भएको हो । हाल अमेरिकामा बस्दै आएका गायक गुरुङले आफ्नो नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ६ : ५३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार