समाज एकीककरणमा सबैजातको महत्वपूर्ण योगदान छ : पूर्वराष्ट्रपति यादव « Khabarhub

समाज एकीककरणमा सबैजातको महत्वपूर्ण योगदान छ : पूर्वराष्ट्रपति यादव


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वराष्ट्रपति डा रामवरण यादवले समाजको एकीकरणमा सबै जातजातिको महत्वपूर्ण योगदान रहेको बताएका छन् । नागरिक अभिनन्दन समारोह समितिद्वारा आज यहाँ आयोजित सामाजिक अभियन्ता एवम् उद्योगपति दिनबन्धु गोयललाई अभिनन्दन गर्दै उनले यस क्षेत्रको समाजको विकासमा पहाडी, मधेसी थारु एवम् मारवाडी समुदायको महत्वपूर्ण योगदानको रहेको विचार व्यक्त गरे।

पूर्वराष्ट्रपति डा यादवले भने, ‘अभियन्ता गोयल एवम् उहाँको परिवारले यस क्षेत्रमा सामाजिक, संस्कृति, शिक्षा, स्वास्थ्य, क्षेत्रमा गर्नुभएको महत्वपूर्ण योगदानको हृदयदेखि आभार प्रकट गर्दछु ।’ उनले सम्पूर्ण समाजको मेलमिलापबाट नै सभ्यता निर्माण हुने चर्चा गर्दै मेलमिलापको सभ्यताले मुलुकको सही विकासमा सहयोग पु¥याउने धारणा राखे ।

अभिनन्दित व्यक्ति गोयलले गरीब विद्यार्थीलाई छात्रवृत्तिलगायत विभिन्न सङ्घसंस्थालाई सहयोग गर्न पाउँदा ज्यादै खुशी र शान्ति महशुस हुने गरेको अनुभव सुनाए । समितिका अध्यक्ष सुरेशकुमार शर्मा, राजेन्द्र चापागाईँ, महावीरप्रसाद गोयललगायतले गोयलको सहयोगबाट धेरै विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न सफल भएको बताए ।

झापाको भद्रपुरमा विसं २००५ मा जन्मनु भएका र हाल विराटनगरलाई कर्मथलो बनाइ भएका गोयललाई स्वदेश र विदेशका गरी २६८ सङ्घसंस्थाले अभिनन्दन गरेका छन् । अभियन्ता गोयलले प्रत्येक वर्ष झापा, मोरङ, धनकुटा, सुनसरी, तेह्रथुम जिल्लाका एक हजार ५०० भन्दाबढी असाहय एवं जेहन्दार विद्यार्थीलाई नगद छात्रवृत्ति प्रदान गर्नुका साथै ज्येष्ठ नागरिक एक महिला, गौशाला, मठमन्दिर, अनाथ आश्रमलगायत क्षेत्रमा सहयोग गर्दै आइरहेका थिए।

 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ८ : १८ बजे

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक

एउटै रुटका दुई झरना : जिरीको लौतीसँगै जुँगुको छहरामा आन्तरिक पर्यटक बढे

दोलखा– वर्षायाम सुरु भएसँगै दोलखाका प्राकृतिक झरनाहरूमा आन्तरिक पर्यटकको चहलपहल