एकैदिन ६ सय १० सवारीसाधन कारवाहीमा « Khabarhub

एकैदिन ६ सय १० सवारीसाधन कारवाहीमा


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सवारीसाधनको नम्बर प्लेट स्पष्ट देखिने गरी नराखिएका छ सय १० र नम्बर प्लेट आकाशतिर फर्काउने ४१ दुई पाङग्रे सवारी साधनका चालकलाई आज कारवाही गरिएको छ । यस्तै ठूलो आवाज निकाल्ने सात मोटरसाइकलका चालक पनि कारबाहीमा परेको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।

आज गरिएको विशेष जाँच अभियानमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट प्लेटमा स्पष्ट रुपमा नम्बर नदेखिने, मापदण्डअनुसार नम्बर प्लेट नराख्ने र नम्बर प्लेट आकाशतर्फ फर्काएर राख्ने दुई पाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले स्पष्टरुपमा देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडि र पछाडि राख्न अनुरोध गरे ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ९ : ०१ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने