युक्रेनविरुद्ध तत्काल ठूलो आक्रमण नगर्ने पुटिनको घोषणा | Khabarhub Khabarhub

युक्रेनविरुद्ध तत्काल ठूलो आक्रमण नगर्ने पुटिनको घोषणा


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नरहेको र क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नु नभएको बताएको छन् ।

कजाकिस्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि पत्रकारहरूसँग उनले भने, ‘अहिले ठूलो आक्रमणको आवश्यकता छैन । अहिलेका लागि त्यहाँ अन्य कामहरू आवश्यक छन् ।’

रूसले युक्रेनको राजधानी कीभलगायत सम्पूर्ण क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको केही दिनपछि उनले सो कुरा बताएका हुन् ।

फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएका पुटिनले मित्रराष्ट्रहरूबाट समेत अलगाव र आलोचनाको सामना गरिरहेका छन् ।

तर युक्रेनमा सरकार ढाल्ने असफल प्रयास र हप्तौंदेखिको क्षेत्रीय क्षतिका बावजुद रूसले ‘सबै कुरा ठीक गरिरहेको’ उनले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ९ : ५५ बजे

पशुपतिमा नवरात्री महोत्सव सुरु

काठमाडौं – वडा दशैंको अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा

यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान

काठमाडौं – हवाई यात्रुहरुको चाप अत्यधिक बढेपछि हवाई सेवा प्रदायक

एभरेस्ट भलिबल : चितवनविरुद्ध कर्णालीको रोमाञ्चक जित

काठमाडौं – एभरेस्ट महिला भलिबल लिग अन्तर्गत कर्णाली यशविसले चितवन

एसिया रग्बी प्रतियोगिता शुक्रबारदेखि

काठमाडौं – एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४’ को सम्पूर्ण तयारी

बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने

गण्डकी – गण्डकी प्रदेश सरकारले बाढी, पहिरो प्रभावित नागरिकको सहायताका