डडेलधुरामा काँग्रेस(विपी)का मल्ललाई नसघाउने एमालेको घोषणा « Khabarhub

डडेलधुरामा काँग्रेस(विपी)का मल्ललाई नसघाउने एमालेको घोषणा


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले डडेलधुरामा नेपाली कांग्रेस (विपी)सँग गरेको चुनावी तालमेल भङ्ग गरेको छ । एमाले जिल्ला कमिटी डडेल्धुराको पूर्ण बैठकले तालमेल भङ्ग गर्ने निर्णय गरेको हो । अब एमाले यस क्षेत्रमा गरी एकलरुपमा निर्वाचनमा होमिने भएको छ।

नेपाली कांग्रेस (विपी)ले तालमेलको सहमति उल्लङ्घन गरी डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको एमालेको आरोप छ । एमालेले प्रतिनिधिसभामा कांग्रेस विपीका कर्ण मल्ललाई सघाएको थियो भने प्रदेशसभाको ‘क’ र ‘ख’ दुबैमा कांग्रेस बीपीले एमालेलाई सघाउने सहमति भएको थियो ।

एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनलाई परास्त गर्न डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रतिनिधि सभामा नेपाली कांग्रेस (विपी) र प्रदेश सभा अन्तर्गत १ र २ निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवारले चुनावी तालमेल गरी निर्वाचनमा होमिने सहमति भएकोमा कांग्रेस (विपी) ले उक्त सहमति उल्लङ्घन गरी प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गर्ने कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

नेकपा (एमाले) ले डडेल्धुरा जिल्लाका प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा पठान सिंह बोहरा र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा गजेन्द्र बहादुर शाहीलाई मत दिन अपिल गरेको छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ११ : २७ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा