एक महिनामा १७९ देशबाट साढे ८८ हजार पर्यटक भित्रिए « Khabarhub

एक महिनामा १७९ देशबाट साढे ८८ हजार पर्यटक भित्रिए


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना महामारीको प्रभाव विश्वमा घट्दै गएपछि नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ। अध्यागमन विभागका अनुसार गत अक्टोबर महिनामा मात्र विश्वका १७९ देशबाट नेपाल घुम्नको लागि ८८ हजार ५८२ जना पर्यटक आएको थिए।

सोही महिनामा नेपाल घुम्न आएकामध्ये ७२ हजार ५५ जना पर्यटक स्वदेश फर्केका छन्। यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने र फर्कने पर्यटकको मात्र हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठूलो संख्या भारतीयको छ। अक्टोबरमा १६ हजार ९१० जना भारतीय नेपाल घुम्न आएका छन्।

अमेरिकाबाट ११ हजार ८५९, बेलायतबाट ७ हजार ४१७, जर्मनीबाट ४ हजार ९३५, फ्रान्सबाट ४ हजार ९२९, अष्ट्रेलियाबाट ३ हजार ९४६, भियतनामबाट १ हजार ९२१, थाइल्याण्डबाट १ हजार २९६, स्वीट्जरल्याण्डबाट १ हजार २६४, स्पेनबाट २ हजार ९६, दक्षिण कोरियाबाट १ हजार ३७१, रुसबाट १ हजार ४०९, पोल्याण्डबाट १ हजार १८, नेदरल्याण्ड्सबाट १ हजार ८४२, मलेसियाबाट १ हजार ५९०, इटालीबाट १ हजार ४७१, इजरायलबाट १ हजार ४७२, क्यानडाबाट १ हजार ६८२ र बंगलादेशबाट २ हजार ७२० जना पर्यटक नेपाल आएका छन्।

विभागका अनुसार अक्टोबर महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली र विदेशी गरी कुल ३ लाख ८६ हजार ७ जनाले आवतजावत गरेका थिए। उक्त महिना १ लाख ९९ हजार १०७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका थिए भने १ लाख ८६ हजार ९०२ जना अन्य देश गएका थिए।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १० : १२ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती