एक महिनामा १७९ देशबाट साढे ८८ हजार पर्यटक भित्रिए « Khabarhub

एक महिनामा १७९ देशबाट साढे ८८ हजार पर्यटक भित्रिए


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना महामारीको प्रभाव विश्वमा घट्दै गएपछि नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ। अध्यागमन विभागका अनुसार गत अक्टोबर महिनामा मात्र विश्वका १७९ देशबाट नेपाल घुम्नको लागि ८८ हजार ५८२ जना पर्यटक आएको थिए।

सोही महिनामा नेपाल घुम्न आएकामध्ये ७२ हजार ५५ जना पर्यटक स्वदेश फर्केका छन्। यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने र फर्कने पर्यटकको मात्र हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठूलो संख्या भारतीयको छ। अक्टोबरमा १६ हजार ९१० जना भारतीय नेपाल घुम्न आएका छन्।

अमेरिकाबाट ११ हजार ८५९, बेलायतबाट ७ हजार ४१७, जर्मनीबाट ४ हजार ९३५, फ्रान्सबाट ४ हजार ९२९, अष्ट्रेलियाबाट ३ हजार ९४६, भियतनामबाट १ हजार ९२१, थाइल्याण्डबाट १ हजार २९६, स्वीट्जरल्याण्डबाट १ हजार २६४, स्पेनबाट २ हजार ९६, दक्षिण कोरियाबाट १ हजार ३७१, रुसबाट १ हजार ४०९, पोल्याण्डबाट १ हजार १८, नेदरल्याण्ड्सबाट १ हजार ८४२, मलेसियाबाट १ हजार ५९०, इटालीबाट १ हजार ४७१, इजरायलबाट १ हजार ४७२, क्यानडाबाट १ हजार ६८२ र बंगलादेशबाट २ हजार ७२० जना पर्यटक नेपाल आएका छन्।

विभागका अनुसार अक्टोबर महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली र विदेशी गरी कुल ३ लाख ८६ हजार ७ जनाले आवतजावत गरेका थिए। उक्त महिना १ लाख ९९ हजार १०७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका थिए भने १ लाख ८६ हजार ९०२ जना अन्य देश गएका थिए।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १० : १२ बजे

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

सुनसरी– धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भन्सार

कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने

काठमाडौं– सरकारले कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि

नेपाल–भारत पर्यटन सहकार्य गर्न परिषद् स्थापना गरिने

चितवन– नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा

कोप–३१ मा न्याय र समृद्धिको मार्गचित्रसहित नेपालको प्रस्तुति हुनुपर्ने

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी

कोप–३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र न्यायलाई प्राथमिकता दिन्छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष