खानेपानी, बिजुली, स्वास्थ्योपचारमा सहुलियत हुनुपर्ने मतदाताको माग | Khabarhub Khabarhub

खानेपानी, बिजुली, स्वास्थ्योपचारमा सहुलियत हुनुपर्ने मतदाताको माग


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रामपुर– रामपुर नगरपालिका-४ देविस्थान बस्ने ६० वर्षीय नरबहादुर खाण विकास र समृद्धिको आशैआशमा मतदान गर्दै जाँदा उमेरले डाँडापारिको घाम बनेका छन् । उनले खानेपानी, बिजुली, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्ने दलका उम्मेदवारको प्रलोभनमा परी धेरैपटक मतदान गरे। अहिलेसम्म आधारभूत समस्या पूरा गर्न नसक्ने नेतृत्वले जनता सधैँ मारमा परिरहेको गुनासो सुनाए।

‘हामीलाई ठूला विकास निर्माणभन्दा पनि खानेपानी, बिजुली महशुलमा छुट, स्वास्थ्योपचार निःशुल्क गर्दिनुपर्‍यो’, उनले भने, ‘गरिब विपन्न परिवारका नागरिकले सामान्य आधारभूत समस्यामा नै जीवन गुजारा कतिञ्जेलसम्म चलाउने हो ।’ आर्थिक अवस्था नाजुक भएका परिवारलाई विशेष प्राथमिकता दिएर सामान्य आधारभूत आवश्यकताको परिपूर्ति गर्ने योजना ल्याउने उम्मेदवारका पक्षमा मतदान गर्ने उनी हुन् । बिहान साँझ हातमुख जोड्न धौधौँ पर्ने उनको परिवारमा खानेपानी, विद्युत् महशुल शुल्क, स्वास्थ्योपचार जस्ता समस्याले सधैँ पिरोल्ने गर्दछ । अहिलेको परिवेशमा पनि गाउँका नागरिक ठूला सपनाभन्दा पनि सामान्य आधारभूत समस्यामा नै पछाडि परिरहेका छन् । सबै गाउँबस्तीमा विद्युत् सुविधा, खानेपानीको राम्रो प्रबन्ध, गाउँमै आधारभूत स्वास्थ्योपचारको व्यवस्था, प्राविधिक शिक्षा, सडक स्तरोन्नति गर्न मतदाताले घरदैलोमा पुगेका उम्मेदवारसमक्ष माग गरिरहेका छन् ।

रामपुर– ६ किसानटोल बस्ने ७७ वर्षीय जयनारायण न्यौपाने नेतृत्वले आफ्नो स्वार्थमा मात्रै कार्य गर्ने तर जनताको इच्छा भावनाअनुसार काम नगरेकाले उनीहरुको कार्यशैलीप्रति नागरिक सन्तुष्ट नरहेको बताउँछन् । निर्वाचनमा मत माग्न घरमा आउने उम्मेदवारसमक्ष उनले जनताले देशमा परिवर्तन चाहेको र सबै जनताको मर्म र भावनाअनुसार काम गर्ने नेतृत्वको खोजीमा रहेको बताए।

‘देशमा परिवर्तन हुन्छ कि भन्ने आशमै उमेर ढल्कियो, जनताले चाहेअनुसार काम नै हुन सकेन, लगातार एउटै नेतृत्वले परिवर्तन हुन सकेन, अब हामी नागरिकको समस्या सुल्झाउने नयाँ नेतृत्व मतदाताले चुन्नुपर्छ’, उनले भने।

उनले देशमा २००७ सालको राणशासन अन्त्यपश्चात् हालसम्म विभिन्न व्यवस्था परिवर्तन भए पनि गाउँका कुनाकाप्चामा बसोबास गर्ने नागरिकको अवस्थामा सुधार नआएको बताए । राम्रा व्यक्तिभन्दा पनि हाम्रा व्यक्तिको पछाडि मतदाता लागेका कारण जनताले चाहना गरेअनुसारको काम नभएको न्यौपानेको भनाइ छ। रम्भा गाउँपालिका-३ पीपलडाँडा बस्ने कृष्णप्रसाद बस्यालले विधि र सिद्धान्तअनुसार नेतृत्वले काम नगरेकाले त्यसको सजाय जनताले भोग्नु परिरहेको बताए । आजको एक्काइसौँ शताब्दीमा पनि सामान्य आधारभूत समस्यामै जनता गुज्रनुपर्ने अवस्था रहँदा मतको सही सदुपयोग नभएको बस्यालको भनाइ छ ।

उनल भने, ‘पानी आउँदा हिलाम्य र घाम लाग्दा धुलाम्य सडकको सास्ती कहिलेसम्म खेप्नुपर्ने, गाउँमा सामान्य औषधोपचार नपाएर नागरिकले अकालमै ज्यान गुमाउनुपरेको छ, अझै पनि घण्टौँ हिँडेर पानी बोकेर खानुपर्ने बाध्यता कायमै छ, गाउँमा बिजुली सुविधा पुग्न सकेको छैन, ती टुकीका भरमा बसेका नागरिकले कहिले पाउँछन् विद्युत्को उज्यालो ?’

चुनावी चहलपहलले गाउँकेन्द्रित भएका उम्मेदवार, दलका नेता कार्यकर्तालाई मतदाताले अघिल्ला निर्वाचनका वाचा र प्रतिबद्धताबारे झस्काइरहेका छन् । सही र सक्षम नेतृत्वको पखाइमा रहेका मतदाता चुनावी परिवेशमा मात्रै गाउँ फर्कने उम्मेदवार, नेता कार्यकर्ताले मतदातालाई भोट बैंकका रुपमा लिएकामा आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १२ : ३२ बजे

‘बाहिनीपति कप–२०८१’को उपाधि इलामलाई

सुनसरी – बाहिनीपति कप–२०८१ को उपाधि सशस्त्र प्रहरीबल नेपाल नं

गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन

गोरखा – पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन

बाटो खन्नेक्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु

गोरखा – बाटो खन्ने क्रममा ढुङ्गा खसेर यहाँको अजिरकोट गाउँपालिका–१,

अखिलबाट बिदा भएका विद्यार्थी नेताहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?

काठमाडौं – नेकपा माओवादी केन्द्रले विद्यार्थी राजनीतिबाट बिदा भएका नेताहरूको

फाइनल गुमाउँदा स्तब्ध नेपाल (तस्बिरहरु)

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमले अर्को फाइनलमा हार