तीन जना मृत अवस्थामा फेला « Khabarhub

तीन जना मृत अवस्थामा फेला


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशको विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका-६ दुब्ले बस्ने ५५ वर्षीय गोपाल तामाङ सोही गाउँपालिका-६ स्थित थारे भीरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

खिजिदेम्बा गाउँपालिका-६ थारेस्थित ससुराली घरबाट शनिबार आफ्नो घर फर्किएका उनी आइतबार बिहानसम्म घर नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा भीरबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको हो । 

रूपन्देहीको बुटवल उपमहानगरपालिका-३ गोलपार्कस्थित सडक छेउको नालीमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । झापाको कन्काई नगरपालिका-२ धनुषकोटी पिक्निक स्पोर्टको गेट अगाडि फलाईचामा हाल पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १ : ४६ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी