चुनावमा पनि ओलीको झुट र आडम्बर ! « Khabarhub

चुनावमा पनि ओलीको झुट र आडम्बर !


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहिले चुनावी प्रचार प्रसारका लागि देश दौडाहामा छन् । पछिल्लो समय कर्णाली र सुदूरपश्चिम केन्द्रित भएका ओली चुनावमा जनता र नेता कार्यकर्तालाई खुशी बनाउनेभन्दा फेरि झुट र आश्वासन दिनै समय खर्चिरहेका छन् ।

अनि आफ्नै कार्यकर्तामाथि वाण हानेर आडम्बरको राजनीति गरिरहेको टिप्पणी पनि भइरहेको छ । ओलीले केही समयअघि कञ्चनपुरको कार्यक्रममा एमालेको प्रचार गर्न खोजे । उनले कार्यक्रममा एमालेले बहुमत ल्याएको खण्डमा आफ्नै सरकार बनाउने बताए । तर त्यो कुराले चर्चा पाएन् ।

ओलीले कञ्चनपुर पुगेर सुदूरपश्चिममा भीम रावल मात्रै नेता नभएको भन्दै उनको उछितो काटे । आफूसँगै अध्यक्षका लागि पार्टीमा चुनाव लडेका नेतालाई सम्मान गर्नुको साटो उल्टै उनकै क्षेत्रमा गएर आलोचना र बदनाम गर्ने ओलीको प्रवृत्ति धेरैलाई मन परेको छैन ।

एमालेमा सुदूरपश्चिम भीम रावलको नामले बढी चर्चामा हुन्छ । तर ओलीले सुदूरपश्चिममै पुगेर रावलको चर्चा र बहिष्कार गरेजसरी व्यवहार गरेको एमाले निष्ठावान् कार्यकर्ताका लागि असह्य भएको छ ।

त्यति मात्रै होइन, ओलीले आइतबार कर्णालीको सुर्खेतमा आयोजित चुनावी सभामा ‘भीम रावलको माया लागे अछाम जानू’ भनेर कार्यकर्तालाई अत्याए । एक जना नेतामाथि ओलीको यो हदसम्मको टिप्पणी खेदजनक भएको स्वर विस्तारै एमालेमा बढ्दै गएको छ ।

कर्णालीमा भएको चुनावी सभामा ओलीले कर्णाली समृद्ध बनाउन एमालेले जित्नुपर्ने बताए । यो एक हिसाबले झुट र चुनावी तथा सतही टिप्पणी हो । एमाले विभाजनको रूपरेखा कोरिएको कर्णालीमा ओलीले कर्णालीको विकास गर्न एमालेले जित्नुपर्ने धारणा केवल चुनावी स्वार्थ मात्रै रहेको देखिन्छ ।

पाँच वर्ष पहिले कर्णालीमा एमालेले दुई तिहाइ बहुमत पाएको थियो । तर ओलीकै आडम्बर र शक्तिको उन्मादले कर्णालीमा एमालेको सरकार बन्न सकेन । यसले गर्दा कर्णालीमा एमालेलाई ठूलो घाटा परेको र पार्टी विभाजन भएको सबैले देखेकै छन् । तर पनि ओली अझै आफ्नो झुट लुकाउन चाहेका छैनन् ।

त्यति मात्रै होइन, केही दिनयता ओलीले एपीवान टेलिभिजनलाई दिएको अन्तर्वार्ता क्लिप भाइरल भइरहेको छ । एमालेले दुई तिहाइ ल्याउँछ भनेर ओली हावादारी दाबी गरिरहेका छन् । अन्तर्वार्ताकारले त्यो आत्मरति भनेर टिप्पणी गर्दा ओली एक दुई सिट तलमाथि परेपनि आफ्नो बोलेको पूरा हुने दाबी गरिरहेका छन् ।

माधव नेपालप्रति तिखो टिप्पणी गर्दै ओली अहिले पनि आफ्नै नेता कार्यकर्ताप्रति असहिष्णु देखिएका छन् । यसले एमालेभित्र रहेका इमानदार नेता कार्यकर्तामा नैराश्यता थपेको छ । चुनावमा मुखमा औपचारिकताका लागि पनि एक आपसमा मिल्ने र भाइचाराको व्यवहार गर्नुको साटो उछितो काट्ने ओलीको व्यवहार धेरैलाई चित्त बुझेको छैन । यसले ढिलोचाँडो ओली र एमालेलाई नै घाटा पुग्ने निश्चित छ ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  २ : ०१ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार