मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टीम बन्द प्रशिक्षणमा « Khabarhub

मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टीम बन्द प्रशिक्षणमा


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टीम बन्द प्रशिक्षणमा व्यस्त भएका छन् । नेपाली राष्ट्रिय फुटबल टीमले सोमबार ललितपुरको सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा प्रशिक्षण गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने नेपाल र पाकिस्तानबीचको खेल कात्तिक ३० गते बुधबार हुनेछ । 

खेल साँझ ५ः३० बजे सुरु हुनेछ । खेलका लागि पाकिस्तानको राष्ट्रिय फुटबल टिम नेपाल आईपुगेका छन् । पाकिस्तानी टोली आइतबार राति नेपाल आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।नेपालसँगको खेलका लागि  पाकिस्तानले हसन बसिरको कप्तानीमा टोली घोषणा गरेको थियो । 

नेपाल र पाकिस्तानबीच हुने एक मैत्रीपूर्ण खेलको टिकट विभिन्न डिजिटल वालेट कम्पनि खल्ती, इसेवा र आईएमई पे बाट किन्न सकिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सामान्य प्यारापिटतर्फ ५ सय , भिआइपीतर्फ १ हजार र ५ हजारको टिकट मूल्य तोकेको छ । टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट प्राप्त गर्ने एन्फाले जनाएको छ ।  विजेता गोलापर्थाद्वारा छनोट गरिनेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ३ : ३४ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा