चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र राष्ट्रसङ्घका महासचिव गुटरेसबीच भेटवार्ता « Khabarhub

चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र राष्ट्रसङ्घका महासचिव गुटरेसबीच भेटवार्ता


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निवर्तमान चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच कम्बोडियाको राजधानी न्होमपेनमा भएको भेटवार्ताका क्रममा बहुपक्षीय विषयका साथै जलवायु परिवर्तनबारे पनि कुराकानी भएको बताइएको छ ।

त्यस अवसरमा उनीहरुबीच विश्व शान्ति र विकासका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको भूमिकाका विषयमा कुराकानी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले बताएको छ । चीन संयुक्त राष्ट्रसङ्घको स्थायी सदस्यका साथै विश्वको एक आर्थिक शक्ति राष्ट्रका रुपमा संयुक्त राष्ट्रसङ्घसँग निरन्तर सम्पर्कमा रहिरहने पनि प्रधानमन्त्री खछ्याङले जानकारी दिए ।

तेस्रो विश्वका देशहरुलाई ऋण तथा अन्या आर्थिक सहायताका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घले सहजीकरण गरिरहेको र यसमा अझै सहयोग पुर्‍याउनु पर्ने पनि सो अवसरमा चिनियाँ प्रधानमन्त्रीले जोड दिएका थिए ।

त्यस भेटका अवसरमा महासचिव गुटरेसले विश्वमा जलवायु परिवर्तनका क्षेत्रमा पर्दै गएको असरका बारेमा चीनसँग आफ्ना धारणा राखेका थिए । यसतर्फ विश्वलाई नै सचेत गराउनुपर्ने आवश्यकता रहेकोमा महासचिव गुटरेसले चिनियाँ प्रधानमन्त्री खछ्याङको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ४ : ०४ बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ