एकदिवसीय क्रिकेटमा नेपालको हार, युएई ८४ रनले विजयी « Khabarhub

एकदिवसीय क्रिकेटमा नेपालको हार, युएई ८४ रनले विजयी


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युएईसँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा नेपाल ८४ रनले पराजित भएको हो ।

नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङमा आएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो । २ सय ६४ रनको लक्ष्य पछ्याएको नेपाल पूरा ५० ओभर खेल्दै ९ विकेट गुमाएर केबल १ सय ७९ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५४ तथा अर्जुन साउदले ५१ रन बनाए । गुल्सन झाले १९ र आशिफ शेखले १२ रन बनाउनुबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

युएईका आयान अफ्जल खानले ४ तथा बासिल हमिले २ विकेट लिए । यसअघि पहिलो इनिङ्ग्समा युएईका रोहन मुस्तफाले सर्वाधिक ५३ रन बनाएका थिए । त्यस्तै, मुहम्मद वासिमले ४४ रन जोड्दा व्रित्य अरविन्दले ४० रन बनाए ।

नेपालका गुल्शन झाले ३ तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ४ : ५५ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको