अफगानिस्तानका झण्डै आधा बालबालिकामा कुपोषण : सेभ द चिल्ड्रेन « Khabarhub

अफगानिस्तानका झण्डै आधा बालबालिकामा कुपोषण : सेभ द चिल्ड्रेन


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानका झण्डै आधा बालबालिकामा कुपोषणको समस्या रहेको पाइएको छ । सेभ द चिल्ड्रेनले जारी गरेको प्रतिवेदनका अनुसार अफगानिस्तानका ४७ प्रतिशत बालबालिकामा कुपोषणको समस्या रहेको छ ।

सेभ द चिल्ड्रेनका अनुसार यसअघि जनवरी महिनामा कुपोषणबाट पीडित २५ सय बालबालिकालाई उपचार गरिएकोमा यो बढेर ४२७० पुगेको छ । अफगानिस्तानको खामा प्रेसका अनुसार उनीहरुमध्ये धेरै जनाको मृत्यु समेत हुने गरेको छ ।

सेभ द चिल्ड्रेनजस्ता मानवीय संस्थाहरुले कुपोषणबाट पीडित बालबालिकाहरुको उपचार गर्दै आएको भए तापनि यस्ता संस्थाहरुको आर्थिक एवम् अन्य अत्यावश्यक स्रोत भने कम हुँदै गएको बताइएको छ ।

अफगानिस्तानका लागि संस्थाका निर्देशक क्रिस न्यामण्डीले पीडित सबै बालबालिकालाई सहयोग गर्नका लागि आफूहरुसँग पर्याप्त स्रोत नभएको बताए । अफगानिस्तान हाल आर्थिकसँगै गम्भीर मानवीय संकटमा फसेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ५ : ३९ बजे

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोले स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ