अफगानिस्तानका झण्डै आधा बालबालिकामा कुपोषण : सेभ द चिल्ड्रेन « Khabarhub

अफगानिस्तानका झण्डै आधा बालबालिकामा कुपोषण : सेभ द चिल्ड्रेन


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानका झण्डै आधा बालबालिकामा कुपोषणको समस्या रहेको पाइएको छ । सेभ द चिल्ड्रेनले जारी गरेको प्रतिवेदनका अनुसार अफगानिस्तानका ४७ प्रतिशत बालबालिकामा कुपोषणको समस्या रहेको छ ।

सेभ द चिल्ड्रेनका अनुसार यसअघि जनवरी महिनामा कुपोषणबाट पीडित २५ सय बालबालिकालाई उपचार गरिएकोमा यो बढेर ४२७० पुगेको छ । अफगानिस्तानको खामा प्रेसका अनुसार उनीहरुमध्ये धेरै जनाको मृत्यु समेत हुने गरेको छ ।

सेभ द चिल्ड्रेनजस्ता मानवीय संस्थाहरुले कुपोषणबाट पीडित बालबालिकाहरुको उपचार गर्दै आएको भए तापनि यस्ता संस्थाहरुको आर्थिक एवम् अन्य अत्यावश्यक स्रोत भने कम हुँदै गएको बताइएको छ ।

अफगानिस्तानका लागि संस्थाका निर्देशक क्रिस न्यामण्डीले पीडित सबै बालबालिकालाई सहयोग गर्नका लागि आफूहरुसँग पर्याप्त स्रोत नभएको बताए । अफगानिस्तान हाल आर्थिकसँगै गम्भीर मानवीय संकटमा फसेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ५ : ३९ बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ