मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम « Khabarhub

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खोटाङ – आसन्न निर्वाचन सम्पन्न गराउनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएको छ । आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालयले मतदान गराउने जिम्मेवारी पाएका १९६ मतदान अधिकृत र १९६ सहायक मतदान अधिकृतलाई निर्वाचन सम्वन्धी तालिम दिएको हो । सहभागीमध्ये दुई अस्थायी मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृत छन् ।

निर्वाचन सामग्रीसहित मतदान केन्द्र पुग्ने, मतदान गराउने, खसेको मतपत्र सुरक्षितसाथ मूख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउने लगायतका दायित्वका विषयमा जानकारी दिन निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले बताए ।

आइतबार ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका विभिन्न मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सहभागी गराएर तालिम दिइएको थियो ।

सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सहभागी गराएर तालिम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई उनीहरुले गर्नु पर्ने काम, कर्तव्य, अधिकार र जिम्मेवारीका विषयमा जानकारी दिइएको छ ।

तालिम लिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायतका कर्मचारी निर्वाचन सामग्री सहित १ मंसिरसम्ममा मतदानस्थल पुगिसक्ने छन् । टाढा–टाढा खटिएका कर्मचारी मंगलबारदेखि खटिने कार्यालयले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कैंदीले मताधिकार प्रयोग गर्नेछन् ।

कर्मचारी र सुरक्षाकर्मीका लागि जिल्ला समन्वय समिति र कैंदीका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र खडा गरिने छ । कर्मचारी, सुरक्षाकर्मी र कैंदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र भोट हाल्न पाउने छन् ।

आसन्न निर्वाचनमा खोटाङका एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : ४५ बजे

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय

२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने