मेस्सी र अल्भारेज चम्किदा अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा « Khabarhub

मेस्सी र अल्भारेज चम्किदा अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

गएराति कतारको दोहास्थित लुसेल रंगशालामा भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेसीले एक गोल गरे भने जुलियन अल्भारेजले दुई गोल गरे ।

अर्जेन्टिनाले ३४ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेस्सीले पहिलो गोल गरेका थिए ।
क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो ।

खेलको ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

काउन्टर बलमा क्रोएसियाका डिफेन्डरले बल क्लियर गर्न नसक्दा अल्भारेजले एक्लो प्रयासमा शानदार गोल गर्दै पहिलो हाफमा २ शून्यको अग्रता बनाएका हुन् ।

दोस्रो हाफको ६९ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका हुन् । उनलाई दोस्रो गोलका लागि मेस्सीले लामो संघर्ष गरेर पास मिलाएका थिए ।

अर्जेन्टिनाले दोस्रो सेमिफाइनलको विजेतासँग विश्वकपको फाइनल खेल्नेछ । दोस्रो सेमिफाइन आज फ्रान्स र मोरोक्कोबीच हुँदैछ ।

 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : ०३ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।