मेस्सी र अल्भारेज चम्किदा अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा « Khabarhub

मेस्सी र अल्भारेज चम्किदा अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

गएराति कतारको दोहास्थित लुसेल रंगशालामा भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेसीले एक गोल गरे भने जुलियन अल्भारेजले दुई गोल गरे ।

अर्जेन्टिनाले ३४ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेस्सीले पहिलो गोल गरेका थिए ।
क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो ।

खेलको ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

काउन्टर बलमा क्रोएसियाका डिफेन्डरले बल क्लियर गर्न नसक्दा अल्भारेजले एक्लो प्रयासमा शानदार गोल गर्दै पहिलो हाफमा २ शून्यको अग्रता बनाएका हुन् ।

दोस्रो हाफको ६९ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका हुन् । उनलाई दोस्रो गोलका लागि मेस्सीले लामो संघर्ष गरेर पास मिलाएका थिए ।

अर्जेन्टिनाले दोस्रो सेमिफाइनलको विजेतासँग विश्वकपको फाइनल खेल्नेछ । दोस्रो सेमिफाइन आज फ्रान्स र मोरोक्कोबीच हुँदैछ ।

 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : ०३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु