विश्वकपको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरोक्कोबीच प्रतिस्पर्धा | Khabarhub Khabarhub

विश्वकपको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरोक्कोबीच प्रतिस्पर्धा


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति साविक विजेता फ्रान्स र मोरोक्कोबीच प्रतिस्पर्धा हुँदैछ।

कतारमा जारी फिफा विश्वकप फुटबलमा फ्रान्स र मोरोक्कोबीचको दोस्रो सेमिफाइनल अल बायत स्टेडियममा हुनेछ। यो खेल बुधबार राति १२ः४५ बजे सुरु हुनेछ।

दोस्रो सेमिफाइनलको विजेताले पहिलो सेमिफाइनलको विजेता अर्जेन्टिनासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।,

गएराति भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै फाइनल यात्रा तय गरिसकेको छ।

फ्रान्स साविक विजेता हो भने मोरोक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको देश हो। मोरोक्को नयाँ इतिहास बनाउँन चाहन्छ भने फ्रान्स दुई पटक लगातार विश्वकप फाइनल खेल्न चाहन्छ।

अफ्रिकी देश मोरोक्को र फ्रान्सबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : ५६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग