विश्व एथ्लेटिक्समा म्याकगाउलिन र डुप्लान्टिस उत्कृष्ट | Khabarhub Khabarhub

एथ्लेट अवार्ड

विश्व एथ्लेटिक्समा म्याकगाउलिन र डुप्लान्टिस उत्कृष्ट

अमेरिकी निङटन राइजिङ स्टार घोषित


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलले यतिबेला संसारभर चर्चा पाइरहेको छ। तर जसले अरु सम्पूर्ण खेललाई छायामा पारेको छ। जसको असर एथ्लेटिक्समा पनि परेको देखियो। डिसेम्बर महिनाको सुरुवातमा यस वर्षको प्रतिष्ठित वर्षको उत्कृष्ट एथलेट अवार्डको घोषणा भएको थियो। अमेरिकी बाधा दौडकी धाविका सिड्नी म्यागाउलिनले महिलातर्फको उपाधि जितिन् भने स्विडेनका पोल भोल्टका मोन्डो डुप्लान्टीस पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भए।

‘यो वर्ष मेरा लागि साँच्चै अभूतपूर्व बनेको छ। सपना साकार भएको छ। यस वर्ष पाएको हरेक अवसर प्रति म आभारी छु,’ अवार्डको घोषणा पछि म्याकगाउलनिले भनेकी छिन्।

यस वर्ष उनले ४ सय मिटर बाधा दौडमा विश्व च्याम्पियन हुने क्रममा ५०.६८ सेकेन्डको नयाँ विश्व कीर्तिमान समेत कायम गरेकी थिइन्। उनले ५१ सेकेन्डको ‘ब्यारियर’ पार गर्न सफल भएकोमा खुसीयाली मनाउँदै यसमा सुधार गर्न सकिने स्थान अझ बाँकी रहेको बताएकी छिन्।

म्याकगाउलिनले जस्तो डु प्लान्टिसले सन् २०२२ मा विश्व कीर्तिमानसहित उपाधि जितेका थिए। उनले आफ्नै नाममा रहेको पुरानो विश्व कीर्तिमान भङ्ग गर्दै ६.२१ मिटर उफ्रेका थिए।

‘२०२२ लाई फर्केर हेर्दा यो वर्ष मेरो जीवनकै उत्कृष्ट वर्ष हो’ डु प्लान्टिसले भने ‘केही बारहरू भत्काउनु मात्र मेरा लागि ठुलो कुरा थिएन। केही पटक विश्व कीर्तिमान भङ्ग गर्दै जानु, विश्व इनडोर च्याम्पियनसिप लगायत जित्न बाँकी सम्पूर्ण उपाधि जित्न सफल भएँ।’

डु प्लान्टिसकै विचारमा यो क्यालेन्डर वर्ष साँच्चै उनका लागि अभूतपूर्व बनेको छ। यो वर्ष सर्बीयाका आड्रियाना भिलागोस र अमेरिकाका एरियन निङटन राइजिङ स्टार घोषित भएका छन्। सन् २०२२ मा ज्याभलिन थ्रोकी भिलागोसले १५ प्रतियोगितामा शीर्ष तीनमा आफूलाई समाहित गर्न सफल भएकी थिइन्।

२ सय मिटर दौडका धावक तथा राइजिङ स्टार अवार्ड विजेता निङटनको भविष्यको बारे धेरैलाई चासो छ।

निङटन लगातार दोस्रो पटक राइजिङ स्टार अवार्ड जित्न सफल हुने पहिलो खेलाडी हुन्। उनले विश्व च्याम्पियनसिपमा २ सय मिटर दौडमा कांस्य पदक जितेका थिए।

महिलातर्फ म्याकगाउलिनसँगै तीन पटककी ओलम्पिक विजेता सानी अल फ्रेजियर, ट्रिपल जम्पकी विश्व कीर्तिमान धारी युलिमार रोजास, हिँडाइका दुई पटककी विश्व च्याम्पियन किम्बर्ले गार्सिया र १ सय मिटर हर्डल्सकी विश्व कीर्तिमान धारी टोबी अबुस्मान मनोनयनमा परेका थिए।

पुरुषतर्फ म्याराथनका लिजेन्ड एलिउड किपचोंगे, २ सय मिटरका विश्व च्याम्पियन नोह लायस, ३ सय मिटर स्टिपलचेसका विश्व कीर्तिमान धारी साउफेन एल बकाली तथा ५ हजार मिटर दौडमा विश्व च्याम्पियन ज्याकोब इन्गरब्रीस्टेन मनोनयनमा परेका थिए।

यी अवार्ड मध्ये २ सय मिटर दौडका धावक तथा राइजिङ स्टार अवार्ड विजेता निङटनको भविष्यको बारे धेरैलाई चासो छ। विश्व च्याम्पियनसिपमा पदक पाउने अगाडी नै उनले विद्यालय तह देखि नै कीर्तिमानको ओइरो लगाएका थिए। विश्व च्याम्पियनसिपको स्प्रिन्ट स्पर्धामा सबै भन्दा कम उमेरमा पदक जित्ने खेलाडीको रूपमा समेत उनले कीर्तिमान राखेका छन्।

सन् २०२१ मा १७ वर्षको उमेरमा उनले विश्व च्याम्पियनसिपका लागि अमेरिकी छनोटमा १९.८४ को समयका साथ युसेन बोल्टको नाममा रहेको जुनियर विश्व कीर्तिमान भङ्ग गरेका थिए। अप्रिलमा भएको एलएसयु आमन्त्रणमा उनले १९.४९ सेकेन्डमा दुरी पार गर्दै इतिहासको चोथो छिटो धावक भएका थिए। विश्व च्याम्पियनसिपमा लायसले १९.३१ सेकेन्डमा पुरा गरे पछि निङटनको समय पाँचौँ समय बनेको थियो। विश्व च्याम्पियनसिपमा अमेरिकाका केन्नी बेन्डरनायकले रजत पदक जितेका थिए।

लायस भर्खर २५ वर्षका भए। यस कारण लायसले अझ धेरै सुधार गर्न सक्ने सम्भावनालाई नकार्न मिल्दैन। तथापि निङटनको उमेर अझ कम भएका कारण बोल्टको १९.१९ को विश्व कीर्तिमानलाई भङ्ग गर्ने सम्भावना उनकै बढी मानिन्छ। निङटनले नै विश्व कीर्तिमान मात्र होइन १९ सेकेन्डको ब्यारियरलाई पार गर्ने सम्भावना समेत रहेको जनाइन्छ।

सेप्टेम्बर महिनामा जोन्सनले निङटन नै भविष्यका सुपर स्टार हुने सम्भावना प्रबल भएको बताएका छन्।

विद्यालय तहमा निङघन अमेरिकन फुटबलका खेलाडी थिए। कोरोना महामारीको समयमा उनले आफूलाई परिवर्तन गर्दै स्प्रिन्टर बनाउन सफल भए। छोटो समयमा उनले पाएको सफलताले साँच्चै धेरैलाई आश्चर्यमा पारेको छ। टोकियो ओलम्पिकका लागि भएको छनोटमा उनी लायस र बेडनारेक भन्दा पछि रहँदै तेस्रो स्थान प्राप्त गरेका थिए।

क्यानडाका आन्द्रे डे ग्रसले स्वर्ण पदक जितेको सोरेसमा बेडनारेक दोस्रो , लायस तेस्रो तथा निङटन चौथो भएका थिए। टोकियोको असफलता पछि उनले एक पछि अर्को उत्कृष्ट सफलता पाउँदै गए। १ सय मिटरमा पनि खेल जीवनकै उत्कृष्ट रेस दौडँदै उनले १०.०४ सेकेन्डमा दुरी पार गरेका थिए।

ओलम्पिकका लागि भएको अमेरिकी छनोटमा तेस्रो भएका निङटनले नयाँ सिजनको सुरुवातमै १९.४९ मा दुरी तय गरेका थिए। जुनमा भएको विश्व च्याम्पियनसिप छनोटमा पनि लायसले अन्तिममा निङटनलाई पछि पार्दै जितेका थिए।

त्यसको एक महिना पछि लायसले माइकल जोन्सनको २६ वर्ष पुरानो अमेरिकी कीर्तिमान भङ्ग गर्दै विश्व च्याम्पियनसिपमा सफलता पाए। अमेरिकी छनोटमा चोथो भएका बेडनारेकले विश्व च्याम्पियनसिपमा रजत तथा निङटनले कांस्य पदक पाएका हुन्।

निङटन आफ्नो सुरुवातमा सन्तुष्ट थिएनन्। सुरुमा ब्लकमा दायाँ गोडाले लागेका कारण ‘एक्सीलेरेसन’ले प्रभाव पारेको बताएका छन्। सेप्टेम्बर महिनामा जोन्सनले निङटन नै भविष्यका सुपर स्टार हुने सम्भावना प्रबल भएको बताएका छन्।

युसेन बोल्टको कीर्तिमान आफैमा चानचुने होइन। विश्व खेलकुदमा यी महान् धावकको १ सय मिटर दौडको कीर्तिमान सायदै भङ्ग होला।

एउटै उमेरमा पाएको सफलता हेर्ने हो भने निङटन बोल्ट भन्दा धेरै अगाडी छन्। बोल्टले सन् २०२१ को विश्व च्याम्पियनसिपमा रजत पदक जित्दा उनी २१ वर्षका थिए। सन् २००८ मा भने बोल्टले १सय मिटर र २ सय मिटरमा स्वर्ण पदक जितेका थिए।

सन् २०२४ को पेरिस ओलम्पिकमा निङटन २० वर्षका हुने छन्। १७ देखि १८ वर्षको उमेरमा उनले ०।३५ सेकेन्ड समय सुधार गरेका थिए। १८ देखि १९ वर्षको उमेरमा त्यसै किसिमको सुधार गरेमा विश्व कीर्तिमान कायम हुने छ। यस समय अवधिमा निङटनको शारिरिक बनावट बोल्टको जस्तो बलियो देखिँदैन। निङटनको अर्को लक्ष्य भने सने २०२३ को अगस्टमा हुने विश्व च्याम्पियनसिप हो।

गत अप्रिलमा भएको रेसमा पाएको सफलताले आफै आश्चर्यचकित भएको उनले बताए। उनका प्रशिक्षक माइक होलवेले धैर्य धारण गरेर उनले समयको प्रतीक्षा गर्न आवश्यक रहेको बताएका छन्। उनकै विचारमा पनि निङटन बलियो हुँदा बोल्टको कीर्तिमान साँच्चै जोखिममा पर्न सक्ने छ।

विश्व एथलेटिक्स इतिहासमा २ सय मिटर दौडमा शीर्ष पाँचमा धावकमा बोल्ट, लायस जोन्सन,योहन ब्लेक, निङटन छन्। यी मध्य ब्लेक, निङटन र लायस कुदी रहेका छन्। ब्लेकको पिक फर्म एक दशक अगाडी नै थियो। तसर्थ उनले पनि बोल्टको कीर्तिमान भङ्ग गर्ने सम्भावना कम छ।

युसेन बोल्टको कीर्तिमान आफैमा चानचुने होइन। विश्व खेलकुदमा यी महान् धावकको १ सय मिटर दौडको कीर्तिमान सायदै भङ्ग होला। तर, २ सय मिटर दौडको कीर्तिमान जोखिममा छ नै। यो सफलताका लागि सायद लायस र निङटन दुवै उत्तिकै सक्षम छन्। यो सफलता पाएमा अमेरिकी ट्र्याकको साख ९० को दशकको सुरुवातमा जस्तै फर्कन पनि सक्ने छ।

(स्रोत : ओलम्पिक डटकम)

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ९ : १३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०