जाडोमा कपाललाई कसरी सफा र सुन्दर राख्ने ? « Khabarhub

जाडोमा कपाललाई कसरी सफा र सुन्दर राख्ने ?


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जाडो मौसमको शुरुवातसँगै कपालमा खराबी हुनु आम समस्या बन्ने गरेको छ । जाडो मौसममा कपालको चमक हराएर जान्छ । साथ सुख्खापन आउने गर्दछ । यस मौसममा केशलाई चिसोबाट जोगाउन सामान्यतया स्कार्फ वा टोपी लगाउने गरिन्छ ।

यसले केशलाई चिसोबाट त जोगाउँछ, तर केशलाई बाँधेर राख्नाले ग्रन्थीहरु सक्रिय भई केशमा चिप चिप्पन आउने गर्दछ । जाडो महिनामा चिसोबाट बच्न कतिपय मानिसहरु हिटरको प्रयोग गर्ने गर्दछन् । यसले ताप त दिन्छ ।

तर केशमा भएको कोमलता पनि सोसि दिन्छ र केश सुख्खा हुने गर्दछ । त्यसैले चिसो मौसममा केशलाई सुख्खा हुनबाट बचाउन बढी भन्दा बढी पोषण तथा मोइस्चराइजरको प्रयोग गर्नु उत्तम हुन्छ ।

केशलाई सुख्खा हुन नदिन स्याम्पुको प्रयोग गर्न सकिन्छ । तर दैनिक रुपमा पनि गर्नु हुँदैन । हप्तामा एक पटक हेयर स्पा ट्रिटमेन्ट गरेको खण्डमा केशमा चमक आउँछ । किनकि स्पा ट्रिटमेन्टले टाउकोको छालामा रक्तसञ्चार बढ्छ।

स्याम्पु प्रयोग गर्दा सकेसम्म केमिकल धेरै नभएको स्याम्पुको प्रयोग गर्नु पर्दछ । त्यस्तै केशलाई चम्किलो र कोमल राख्न कन्डिसनरको प्रयोग गर्नु राम्रो मानिन्छ ।

जाडो मौसममा कम्तीमा हप्तामा दुई पटक मनतातो तेलले हेयर ओयल मसाज गर्नु अत्यन्तै राम्रो मानिन्छ । मनतातो तेलले केशलाई चम्किलो र हेल्दी बनाउँछ । हेयर ओयल मसाज गरेपछि हेयर स्टिम लिएर आवश्यक अनुसार स्याम्पु गर्नुपर्दछ ।

कर्ली केशमा कन्डिसनरले ठिक ढंगले काम गरेको छैन भने साइन सिरम प्रयोग गर्नुपर्दछ । यसबाट केश नरम एवं चम्किलो बनाउँछ । स्याम्पु गर्दा केशलाई बढी चलाउनु हुँदैन। हरेकपल्ट स्याम्पु गरेपछि कन्डिसनर वा ट्रिटमेन्ट क्रिमको प्रयोग गर्ने । केश बढी नै सुख्खा छ भने कन्डिसनरको साटो हेयर मोइस्च्वराइजरको प्रयोग गरी केशलाई सफा राख्नुपर्छ ।

जाडो मौसममा जैतुन, बदाम र तिलको तेल मिसाएर तताई त्यसमा दुई वटा भिटामिन–इ क्याप्सुल मिसाई मसाज गरेमा केशलाई वास्तविक मोइस्च्वराइजर मिल्छ र केशमा चमक आउँछ ।

यसरी केशको हेरचाह गर्न सकेको खण्डमा जाडो मौसममा पनि केशलाई सफा र चम्किलो बनाउन सकिन्छ । केशको स्याहार पछि हेयर ड्रयरले केश सुकाउनाले,घाममा बस्दा केश खुल्ला छोड्नाले बिस्तारै केशको चमक बिस्तारै हराएर जान्छ र पुन सुख्खा हुन्छ ।

त्यसैले घाममा बस्दा जहिले पनि केश छोप्नुपर्दछ । यसरी कपालको स्याहार गर्दा पनि समस्या भएमा ब्युटी एक्सपर्ट या छाला रोग विशेषज्ञहरुबाट परामर्श लिनु पर्छ ।

(ब्यूटिसियन रिता श्रेष्ठसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ८ : ३६ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँट गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२