मलेसिया पुगेका एक नेपाली विमानस्थलबाट कम्पनी जाँदै गर्दा बेपत्ता « Khabarhub

मलेसिया पुगेका एक नेपाली विमानस्थलबाट कम्पनी जाँदै गर्दा बेपत्ता


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दोहा – मलेसिया पुगेका एक नेपाली विमानस्थलबाट कम्पनी जादाजाँदै बाटोबाटै बेपत्ता भएका छन्। रोजगारीका लागि मलेसिया पुगेका मकवानपुरका सोमर सिंह घलान विमानस्थलबाट कम्पनी जाँदै गर्दा बाटोबाटै हराएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार घलान गत ११ नोभेम्बरका दिन क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारदाता कम्पनीको बसमा मलेसियाकै जोहोरबारुतर्फ जाँदै गर्दा हराएका हुन्। कम्पनीले उनलाई विमानस्थलबाट कम्पनीकै बसमा राखेर कार्यस्थल रहेको स्थान मलेसियाकै जोहोरबारु लगिरहेको बेला बेपत्ता भएको जनाएको छ।

क्वालालम्पुर विमानस्थलबाट कम्पनीतर्फ जाँदा त्यहाँको कम्पुङ बेम्वानमा भन्ने ठाउँमा खान खान बस रोकेको, त्यसपछि बस सिँधै कम्पनीको होस्टेलमा पुगेपछि बसबाट झर्ने क्रममा उनी नभेटिएको दूतावासले जनाएको छ।

कम्पनी प्रसाशनले दूतावासलाई उनी हराएको जानकारी गराएपछि दूतावासले पनि सूचना जारी गर्दै उनलाई कहीँ कतै देखे वा भेटेमा ०१६२४७२७७७ नम्बरमा फोन वा इमेल [email protected] मा जानकारी गराईदिन मलेसियामा कार्यरत सबैलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ७ : ४४ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच