सुन्दरबजार नगरपालिकाद्वारा ४ महिनामा साढे ३० लाख राजस्व संकलन « Khabarhub

सुन्दरबजार नगरपालिकाद्वारा ४ महिनामा साढे ३० लाख राजस्व संकलन


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लमजुङ – सुन्दरबजार नगरपालिकाले चालु वर्षको चार महिनामा ३० लाख ६२ हजार राजस्व संकलन गरेको छ।

नगरपालिका राजस्व शाखाका हरिप्रसाद कुमालका अनुसार भूमिकर, घरबाहल, सिफारिस दस्तुर, नवीकरण लगायतबाट राजस्व संकलन गरेको हो।

सम्पत्ति करबापत १२ लाख ११ हजार, घरबाहलबापत ३ लाख ७२ हजार, व्यवसायीक करबापत ५८ हजार र अन्य करबापत २ हजार ९ सय राजस्व संकलन भएको उनले बताए।

परीक्षा शुल्कबाट २७ हजार, नक्सापास दस्तुरबाट ७ लाख, सिफारिस दस्तुरबाट ५ लाख ५० हजार, व्यक्तिगत घटना दर्ताबाट ६१ हजार, नाता प्रमाणित दस्तुरबाट ४० हजार संकलन भएको छ।अन्य राजस्व ३ लाख ७० हजार संकलन भएको उनको भनाइ छ।

नगरपालिकाले गत आर्थिक वर्षमा १ करोड २३ लाख ६४ हजार राजस्व संकलन गरेको थियो।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १० : २० बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन